हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गिनिज बुकमा मेरो माया

कृष्ण कटेल, (ओखलढुङ्गा, हाल-काठ्माण्डौं)



चरा जस्तै यदि म उड्न सक्थें भने
मन भित्रको याद र पीडा देखाउन मिल्थ्यो भने
म उड्नेथें उनी प्रतिको याद र माया देखाउन
पवित्र मायाभित्र पनि यति धेरै पीडा मोलिएको देखेर
दुनियाँ छक्क पर्ने थियो
अनि लेखिने थियो गिनिज बुकमा मेरो नाम
संसारको सबैभन्दा चोखो माया गर्ने अभागी मायालु भनेर ।

म उडिरहँदा
हावाले पर पुर्‍याउने थियो मेरो मनमा दन्किएको आगो
दन्किरहेको आगोमा 'पानको पात' आकार भित्र
उनको नाम र तस्वीर सुरक्षित देखेर
झनै छक्क पर्ने थिए सारा
अनि बनाउँथें होला अर्को किर्तिमान !

म पुग्ने थिएँ
हरेक पहाड, पाखा, घर, झुपडीहरूमा
मेरो प्रेमकथा बोकेर
कुनै एकदिन उनको घरमा पुग्नेथिएँ
मेरो त्याग अभियान र समर्पण देखेर
उनको मनमा सहानुभूतिको भाव पलाउँथ्यो कि?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |