सधै बाचोस मेरो जन्मथात
लक्ष्मीदत्त भट्ट सत्यप्रेमी , (सुदूर पश्चिम, नेपाल)
पर्ने मिर्मिरमा उषा किरणले आभा सुनौलो छरी ।
ज्योत्स्ना खस्छ सधै म देख्छु धरती यो जन्मदाता सरी ।।
मेरो सुन्दर शान्त प्रेम जनको आभाष बर्साउछ ।
जन्मै प्यास नमेटिने पहर यी आषा सधै छाउछ ।।
(१)
बाशन्ती ऋतु रागका नव छटा यो प्राणको कुञ्जमा ।
रोदी रंम्य वनि रहोस मिलनमा प्राणै सरी प्रीतमा ।।
सारा बाचि रहोस यसै भुवनमा सत्भावका साथमा ।।
फैलोस् शान्ति म हिन्न साथ जगमा एक्लो सधै रातमा ।
(२)
यो मेरो मुटु हो यसै पवनको बस्थे पखेरा मुनी ।
सुन्थे गीत सधै यि शुद्घ झरना यो राग प्रेमी बनी ।।
आफ्नै शैशव भावका रहरमा आभा फिजाई यहा ।
इन्द्रेणी सित नाचदै सगरमा तारा म गन्थे यहा ।।
(३)
मेरो बालपना कथा नजिकको सारै पुरानो यहा ।
मेरो यो मुटुमा बगेर भरिद सन्देश भन्छन् यहा ।।
मेरो जन्म यहा भयो जगतमा संस्कारका साथमा ।
बाचेको छु मता यसै प्रकृतिमा संम्मानका साथमा ।।
(४)
चोखो प्रेम थियो सदा हिउ सरी आफै बनी सिर्जिने ।
पानी निर्मल चारु साश्वत कला प्रारुपमा सोभिने ।।
आभा झर्छ मलाइ चुम्बन गरी नौलो उषा कालमा ।
सारा भू तल यो सदा मजुर झै नौ रुपको हालमा ।।
(५)
बाशन्ती पलमा सदा भुवनमा रंगीन थुङ्गा वनी ।
यो सानो मुटु कुञ्जकुञ्ज तनमा छर्दै छ बुट्टा वनी ।।
लत्रेका फल यी फुली कुशुममा सारा घना जंङ्गल ।
सारै गर्व थियो मलाइ थलको सारै थियो मंङ्गल ।।
(६)
माटो खेल चली रहन्छ र यहा त्यो वाल कालै भरी ।
आत्मा खिन्न हुदैछ आज पथमा यो प्राण आए सरी ।।
थ्यो त्यो प्रेम सधै कुशुममा क्वली चरी बास्दथे ।
माटो खेल र बाल गीत मनले सारा शखा डाक्दथे ।।
(७)
पानी घाम बतासको पवनमा झेलेर खेल्थ्यू कती ।
हासो नाच छ शुद्घ हान्त मनमा खेलेर बस्थ्यौ कती ।।
मेरो यो पन आज हान्त मनमा उर्लेर आयो कती ।
हे दाता जननी तिमी जनमकी हे जन्म थातै सती ।।
(८)