तिर्खा
दीपक जडित, (हवाई, अमेरिका)
सोह्र सत्रकै उमेरमा प्रेम बिवाह गरेको केशबलाई त्यसबेला यही मेरो पहिलो र अन्तिम प्रेम हो भन्ने लाग्थ्यो । बीस एक्काइस लाग्दा उसकी श्रीमती अर्कैसँग हिंडी । श्रीमती हिंडेको केही महिनासम्म SY0-301 exam ऊ पागल पति बनेर हिंड्यो । सबैले राम्रो चालचलनकी केटी खोजेर बिहे गर भनेर सल्लाह दिंदा ऊ 'मेरो जे भन्नु त्यही थिई, त्यसलाई जिन्दगी भर विर्षन सक्दिनँ बरू बिहे नै गर्दिनँ' भन्थ्यो । वर्षदिन नपुग्दै घरबाट कर गरे भनेर उसले अर्की बिहे गर्यो । मागी बिहे गरेको भए पनि शीलकी श्रीमती पाए पछि ऊ उसैको एक नम्बर दिवाना भयो । Cisco 642-902
विडम्बना तर पहिलो श्रीमती सरेर गएकी केशबकी दोश्रो श्रीमती मरेर गई । ऊ फेरि विक्षिप्त बन्यो । मानिसहरूले फेरि उसलाई अर्को बिहे गर्ने सल्लाह दिए तर उसले बिहे गर्दै नगर्ने कसम खायो । vmware vcp-510 श्रीमती मरेर जानुको पीडा घट्दै जाँदा उसको प्रेमको तिर्खा बढ्दै गएछ र 'बिहे त गर्दै गर्दिनँ' भन्दा भन्दै उसले फेरि बिहे गर्यो । यसपटक उसको बैवाहिक जिवनले गति लियो । जिवन प्राप्त गर्यो र तीन सन्तानको बाबु पनि बन्यो । 350-001 dumps
उमेर छ दशक उकालो लागेपछि उसकी श्रीमतीको फेरि देहान्त भयो । 'दैबको बज्र पर्ने ठाउँ पनि यो खप्पर बाहेक अन्त कतै रहेनछ ।' भन्दै विलौना गरेर रोयो ऊ । यसपटक छरछिमेक, नाता-कुटुम्ब मात्र हैन उसलाई नरोउ भन्दै सम्झाउन उसका हुर्किसकेका छोराछोरीहरू पनि थिए । उसको छोराले तेह्रौंमा ढिकुरो फुटाएको दिन पनि ऊ बेस्सरी रोयो Cisco 200-101 । त्यहाँ भए जति सबैले उसलाई 'एक न एकदिन त सबैले जानै पर्छ त्यो बाटो । अब रोएर हुँदैन । ईश्वरमा मन लगाउनु पर्छ ।' भन्दै सम्झाए ।
रुँदारुँदै तिर्खाले भित्र आँत रसाएझैं उसले भन्यो, 'यो बुढेशकालमा तातो चिसो हेर्ने पनि Cisco CCNA 200-120 dumps मेरा लागि कोही नहुने भए । उसबेला त सबैले अर्को बिहे गर्नुपर्छ भन्थे । अहिले त यो सल्लाह दिने पनि कोही भएनन् ।'
top louis vuitton handbags