क्रोध
विनोद खड्का, (दोहा, कतार)
क्रोध झै वैरी ठूलो
देखिन मैले अरु कोही
टोक्दछ यसले बुद्धि विवेक
राखिदिन्छ जहाँ को तही ।
मान्छे बन्दछ राक्षस
बाँकी अरु के रह्यो
विवेकशून्य मान्छेको
अस्तित्व नै के भयो ।
देख्दैन कसैलाई आफ्नो
मान्दैन बडालाई पनि
आफुभित्रै आफै जल्दै
आफै खरानी बने पनि ।
क्रोधी झै कुरुप
अरु केही छैन रे
सुन्दर चेहरा पनि
क्रोधले नास्छ रे ।
हारेर केही हारिँदैन
क्रोध बाँकी रहेन भने
जीतमा के खुसी
क्रोध साथै रह्यो भने ।