गजल
रमेश खकुरेल, (काठ्माण्डू)
मन दुखेमा म साज भैदिन्छु ।
पैर बढ्दा आवाज भैदिन्छु ।
भोलिको छैन भर कुनै साथी
यै हुनाले म आज भैदिन्छु ।
श्लीलको मान भुलेछन् उनले
छोप्नकालागि लाज भैदिन्छु ।
खोज्नु खोजें कुनै दिगो ठाउँ
व्यर्थ भो यत्न काज भैदिन्छु ।
भन्न गाह्रो भयो भनेदेखि
गीतमै एक अन्दाज भैदिन्छु ।
म त यस्तै छु मस्त मस्ताना
दुख्छु आफै मसाज भैदिन्छु ।
Comments
Madan
oh, yes! This is how a ghazal should be written. Shiva Prakash should learn from this