हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

उर्जा प्रेमको

नीरा शर्मा, (भर्जिनिया)


बोकेर तिम्रो प्रेमको उर्जा

हिँडिरहेँ, हिँडिरहेँ

सदाबहार भएर म

निरन्तर हिडीरहेँ !

बाटो छेक्थे काँडाहरु

काँडाहरुमै टेकेर हिँडेँ

काँडा बिझेर खील भए

पाइतालामा बोकेर हिँडेँ

चार कोसे झाडीको बाटो

बाघ भालुको त्रासमा

सास दबाएर हिँडेँ

कंक्रिटको जंगल भित्र

मानव रुपी दानवको

गिद्दे नजर बाट जोगिदै

खुट्टा कपाएर हिँडेँ

हिडिरहेँ हिडिरहेँ

सदाबहार भएर म

निरन्तर हिँडिरहेँ !

यात्रामा मैले

फूलको अधर नचुमेको होइन

जूनको मुहार नदेखेको होइन

तर ओइलाए फूलहरु

अस्तायो जून पनि

तिम्रो उर्जाको मेरो यात्रा

न ओइलाउँछ फूलसँग

न अस्ताउँछ जूनसँग

बोकेर तिम्रो प्रेमको उर्जा

हिँडिरहेँ, हिँडिरहेँ

सदावहार भएर म

निरन्तर हिडिरहेँ !

बेलिचमेली सिउँरेर शीरमा

लाली गुराँससँगै फुलेर भीरमा

कहिले बगैंचा कहिले गमला

कहिले सारंगी कहिले तवला

गाउँदै बजाउदै

नाच्दै नचाउँदै

हिडिरहेँ, हिडिरहेँ

सदाबहार भएर म

निरन्तर हिँडिरहेँ !


खोलासँगै नागबेली परेर हिँडेँ

छहरासँगै पहराबाट झरेर हिडेँ

मिसिएर शान्त समुद्रमा

मस्त निदाउने रहरसँगै

बोकेर तिम्रो प्रेमको उर्जा

हिँडिरहेँ,हिँडिरहेँ

सदाबहार भएर म

निरन्तर हिँडिरहेँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |