हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

काठमान्डु

अनिल घिमिरे, (सप्तरी)

गजधुम्म अनि चुपचाप
सल्लाको हाँगामा बसेर
तल आँगनको बिरालो लाइ हेर्नै
हुचिल झै,
पालीको खरको छानामा
जाली बुनेर
कुनामा दाउ हेरेर बसेको
कालो माकुरा झैं,
गतीलो एक्बुस थापेर
शिकार गर्न तल्लीन छ
काठमान्डु ।

चारतिर पर्खालमा
जाल टाँगेर
मलाहा लाइ उक्साउदै
निरीह प्राणीको
प्राण हरण गर्न तल्लीन छ काठमान्डु ।

लमतन्न सुतेका काला सडकमा
पसिना गनाउनेका आँशु पिइ
टाइसुट,पोलोराइड सन ग्लास र
अँगुरको रसमा मस्त छ काठमान्डु।

थाहा छ
सबैलाइ थाहा छ
इतिहाँस साक्षी छ
कसले
किन अनि
कहिले बनायो
काठमान्डु लाइ काठमान्डु,
बुझ पचाइ आदेश दिन
तल्लीन छ काठमान्डु ।

कोशी रुँदा
हाँस्छ काठमान्डु
काली बौलाउदा
रमाउछ काठमान्डु
तराइ बल्दा
आगो ताप्छ कठमान्डु
हिमाल कक्रिदा
घाम ताप्छ काठमान्डु
अझ भन्छ
हेर म काठमान्डु
शक्ती सम्पन्न काठमान्डु ।

सायद नसामा मस्त भएर
जितको उन्मादमा मातेर
इतिहाँस बिर्स्यौ होला
काठमान्डु,
बुझ्दै गर
दुर दराजका अपठीत हरुले
सारी अनी सुरुवालका तुनामा
गाँठो पार्दै हिसाब राख्दै छन्
समय आए पछी
एक एक हिसाब हुनेछ
तब एक खाल्डो मात्र हुनेछ
बिस्फोट हुनेछ काठमान्डु ।

Comments

atma

Good creation

अनिल घिमिरे

धन्याबाद । अझै लेख्ने प्रेरणा मिल्यो मलाइ।

Pradip K Dahal

I like it Anil, Keep it up

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |