एउटा जिन्दगीको बयान
सुशिल शाह, ( )
कहिले
आफ्नै
सपनाकोपछि लागेर
कुदें
नसुती,
एक्लै–
ती
अनिदा रातहरु
के थाहा
भेटिन्छ कि भनी ?
मैले
खोजेको जीवन
कहिले
फसेर
कसैको मायाजालमा
टोलाइ
बसें घण्टौं
म,
आफ्नै छायासँग
र भएँ
बदनाम
यो शहरमा
एक
पागल भनी
कहिले
साँचेर
आँखामै आँसु
सहें
छातीको चोट
र
हाँसे
आफ्ना
दुश्मनहरुतिर
देखावटी
हाँसो,
खुःसीनै
छुँ देखाउनलाई
कहिले
बटुलेर
केही साथीभाइ
बन्द
गरे देश
र
हिँडे माग्दै
सरकारसँग
आफ्नो
अधिकार
या
कुनै रोजगार
कहिले
मुखमा
नभए पनि गाँस
पालेर
मिठा–मिठा आश
जसोतसो
म बाँचिरहें
बाँच्न
!
सायदै
सकिने समय
र
कहिले
झोक्किएर
यो जिन्दगीसँग
अब,
एकछिन
अरु बाँच्दिन भनी
खोज्दै
हिँडे म
कतै–
कुनै
गहिरो नदी ।