हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमीलाई सम्झँदा

मञ्जुल , (ललितपुर )

तिमीलाई सम्झँदाका
पलपलहरू
तिमी आफूसँग नभएको पिडाले
बिताउँछु म

तिमीसँग हुनपाउँदा
कति आनन्द हुँदो रहेछ
तिमीसँग नहुँदा
थाहा पाउँछु म

काममा जान्छौ तिमी
मानौं पूजा गर्न जान्छौ
भगवान्‌को
तिम्रा कामहरूलाई पनि

तिमीलाईजस्तै चुम्न मन लाग्छ
कामबाट फर्कन्छौ
र खुसी बनाउँछौ तिमी मलाई
म कति भाग्यमानी छु

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |