हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२०७० साले दशैं

बामदेव सिग्देल “विश्वास”, (काठमाडौं)

जमीनबाट उठन नसकेका

अनगिन्ती छाप्राहरु

भोका पेटहरु

ढिक्को बनेर जमेको परिस्थिति

मान्छेका अपुरा इक्षाहरु

 

खैं !

यो दशैं पनि पोहर झैं

भरिया भएर

यात्रु भएर

टाढाको लामो

यात्राको लागि

लाम लागे जस्तो

        अनिदा आँखाहरु

     आमाको

     सेताम्य फुलेका कपाल

        राता चुरा विनाका

        चेली बेटीका हात

        विजय बिनाको टिका र जमरा

 

भय र त्राश उस्तै

भोक, रोग र शोक पनि उस्तै उस्तै

सुक्न लागेको टीका र ओईलाएको जमरा घुसार्नै पर्ने

वाध्यताको दशैं नेपालीलाई कस्तो कस्तो ।

 

००००

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |