आमा बाबु नै पाएँ
मनिता लिम्बु, (काठमाडौं)
धेरै
टाढा तिर्थ गएँ
पेट
भोको राखी ब्रत पनि बसेँ
तितेपाती
धुप, अगर बती सबै जलाएँ
नदि
नाला, देउरालीलाई पाती चढाएँ
मैले
भगवान खोजि हिँडे
फनफनी
मन्दिरको फेरो लाएँ
ढुंगा
माथि अक्षता, अबिर पनि छर्कें
पाषाण
मुर्तिलाई भगवान ठानी
शिर
निहुर्याई माथले नै ढोगें
मैले
भगवान खोजि हिंडें
यज्ञ
गरें,दान गरें
भक्ति
पनि गरें
दियो
बालें,घण्टा बजाएँ
मन्दिर
मन्दिर घुमें
भगवान
बाहिर खोजि हिंडें
एकदिन
फेरी सोच्न पुगें
मनलाई
मनमा खुब लगाएँ
धेरै
डुबें; ध्यान, तप गरें
गहिराईमा
पुगेँ
अन्ततः
मैले भगवानलाई भेटें
जसले
मलाई देह दिए
लालन,
पालन,भरण,पोषण गरे
बुझ्दै
गएँ, भगवानलाई भेटें
भगवान
त आमाबाबुलाई नै पाएँ
मैले भगवान त आमाबाबु नै पाएँ