हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जिन्दगी पियाई

निश्चल काउचा, (दक्षिण कोरिया)

कहिले जिन्दगी सिउदै पिएँ
कहिले आँशु पिउदै पिएँ
कहिले तिम्रो खुशीमा पिएँ
कहिले मेरो पिडामा पिएँ

जिन्दगीका उकालीहरू धाउदा- धाउदै पिएँ
जिन्दगीका ओरालीहरू झर्दा झर्दै पिएँ
जिन्दगी शिशिरमा उराठ-उराठ हुँदा त पिएँ-पिएँ
जिन्दगी ढकमक्क फुल्दा पनि पिएँ
नुनसँग पिएँ
, चिनीसँग पिएँ
जेसँग पिए पनि जिन्दगी पियाई उस्तै-उस्तै लाग्यो । मलाई !

आजकाल मैले फिक्का-फिक्का पिउदैछु
सबै भन्दा बढि देश दुखेको पिडामा पिएँ
कति पिउनु हो साथी देश दुखेको पिडामा
तिम्रो कसम प्रिय अब देखि पिउदै पिउदिन
तर आज मैले
म यो धर्तिमा झरेको उपलक्ष्यमा पिएँ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |