हाउस वाइफ
होम बहादुर क्षेत्री, (दोहा, कतार)
यस महिलालाई
सबै थाहा छ
पिंजरा कस्तो हुन्छ
कस्तो हुन्छ यंत्रणागृहको दुःख
फगत थाहा छैन
कस्तो हुन्छ खुला आकाश
पखेंटा फिंजाएर उडनुमा के मजा छ
परिवारलाई
भोजन
संतानलाई माया
अनि लोग्नेलाई यौनतृप्ति
सबै नै कर्तव्य पुरा गर्छे ऊ
हाउस वाइफ.....
पाक घरको आगोमा पोलिन्छे ऊ