हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अच्युत

गोपालप्रसाद भण्डारी , (हाल: न्यू हयामपशायर,अमेरिका)

आदर्श हुन् अच्युत रामरूपमा  

छन् जानुकाका मन भक्ति राममा  

          श्रध्दा बढोस् विष्णुसहस्रनाममा

          बसून् सधैं अच्युत धन्यधाममा ||||

 

बैकुण्ठ हो अच्युतधाम अक्षर

बन्छन् सबै भक्तहरू  बराबर

         छन् मित्रता प्रेम सफा परस्पर 

         हुन्छन् सबै अच्युतमा सुनिर्भर || || 

 

सुधाअनुश्रीधर मोक्षकारक 

संसारका सर्जक भारधारक

          चिद्रूप हुन् सज्जनका सुधारक 

          दयालु छन् अच्युत भक्ततारक ||||

 

प्रमोदका स्रोत भनिन्छ माधव 

विनोदले स्वस्थ रहन्छ मानव

         आमोद गर्छन् प्रभुकृष्णयादव

         आनन्दमा हुन्छ हरिप्रभाव ||||

 

ताराहरू छन् हरिबाट रक्षित

आदित्य हुन् अच्युतबाट शिक्षित

           ब्रह्माण्ड  हो अच्युतबाट सिर्जित

            होस् दक्षिणा अच्युतमा समर्पित ||||

 

 

महेश योगी हरि बन्दछन् नर

मास्छन् सबै दुर्जन शत्रु निष्ठुर

          सुधार्दछन् आत्मिक मित्रको घर 

          घुम्छन् सधैं  अच्युतमा चराचर      

 

हो सृष्टि चल्ने मदनप्रभावमा

कामको  राज विभिन्न जीवमा

           अनन्य छन् अच्युत सत्वभावमा

           कल्याण गर्छन् अनयस्वभावमा ||||

 

एकछत्र प्रभुको प्रशासन 

गोपी प्रियाको हरिमा चिन्तन

              गोपिनीमा प्रिय कृष्णको मन

             प्रज्ञा गरोस् अच्युतउक्तिमन्थन ।।८।।

 

 

हुन् राधिकाका अतिमान्य अच्युत 

दिन्छन् सुधीमा गुणसौम्य अच्युत

             छन् अञ्जनाका गुरुतुल्य अच्युत 

             छन् तीर्थमा अच्युतमूर्ति शोभित ।।९।।

 

 

असंख्य छन् अच्युत नाम कीर्तित

सन्तानमा अच्युत छन् समर्पित

            हुन्छन् धरामा गुणले विभूषित

            विश्व यो अच्युतबाट पोषित।।१०।।

 

 

संज्ञानले  अच्युत छन्  प्रतिष्ठित 

लिन्छन खुशीले अवतार  अच्युत  

              सम्झना अच्युतमा यथोचित

             गोपालरीतासित हाँस अच्युत ।।११।।

 

सान्दर्भिक शब्दार्थ  

 

अच्युत :- विष्णु , अटल ,अमर ,त्रुटी नगर्ने 

अञ्जना  :- भगवानको कृपापूर्ण उपहार ,हनुमान्की आमा 

अनय :- विष्णु 

अनन्य :- अडीग,आत्मनिष्ठ ,

आदित्य :- सूर्य , रवि 

आमोद :- रमाइलो 

चिद्रूप :- ज्ञानमय परमात्मा ,शुद्ध चैतन्यरूप परमात्मा 

प्रमोद :- आनन्द ,हर्क

मदन :- कामदेव 

विनोद :- हर्क,ख़ुशी ,आनन्द 

सर्जक :- श्रृष्टिकर्ता  

 

नोट : राधिका सुधीलाई क्रमश: रोमिला बिकी पनि अर्थान्तारमा बुझ्न  सकिन्छ  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |