हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आँसु

हरि पौडेल , (नेदरल्याण्ड )

आँसु

आँखाबाट बग्ने

पानीमात्र होइन,

 

आँसु

भित्री मनको

भावनात्मक उद्घोषक हो,

बुझ्नेले बुझ्छन

बुझ्नेले बुझ्दैनन,

 

खुशीमा बगेको आँसुले

दुःख पखालेको हुन्छ,

दुःखमा बगेको आँसुले

पिर संगालेको हुन्छ,

 

बनावटी बगेको आँसुले

धोका लुकाएको हुन्छ

हाँसोमा बगेको आँसुले

मन फुकाएको हुन्छ,

 

आँसु

आँखाबाट बग्ने

पानीमात्र होइन,

 

आँसु

भित्री मनको

भावनात्मक उद्घोषक हो,

 

 

 

१५-१०-२०१३

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |