हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भाईटिका गजल

दिवाकर भट्टराई, (दमौली, तनहुँ)

दाजु भाइलाई भाईटिकामा,सघाइदिन नभुल्नु है !!

सुख समृद्धिको कामना गर्दै,जगाइदिन नभुल्नु है !!

 

नओइलाउने मखमली, सयपत्री फूलको माला

निधारभरि सप्तरङी टिका, लगाइदिन नभुल्नु है !!

 

दिदिबहिनीले कामना गर्दै, दाजुभाइको निम्ति

तिहारको बेला लामो आयु,मगाइदिन नभुल्नु है !!

 

स्नेह दिदीभाईको साटासाट गर्ने, तिहारको बेला

नया मित्रहरु बनाउदै शत्रुहरु,भगाइदिन नभुल्नु है !!

 

शुभकामना छ, सबै दिदि बहिनी दाजु भाईलाई

हरप्रहर सधै खुसीको लहर, बगाइदिन नभुल्नु है !!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |