हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सम्झनामा तिहार

कृष्ण कटेल, (काठमाण्डौ)

घिन्ताङ्ग घिन्ताङ्ग

गाँउभरी मादल बज्दा

करेसाबारी बारीको डिलमा

ढकमक्क फुलेको सयपत्री फूल देख्दा

गहभरी आँशु पारेर

मलाई सम्झिरहेकी होलिन् मेरी बहिनी

 

सप्तरंगी टिका किनेर

माइती घर आउँदा मेरी दिदी

मेरो नाममा सयपत्री मखमलीका

ठुल्ठुला थुंङ्गाको माला उन्न खोज्दा

नआउने खबरले

पिलपिल आँशु खसाल्दी हुन्

अनि हेर्दिहुन् मेरो फोटो

जहाँ मुस्कुराइरहेको उन्को भाइ

 

परदेशबाट फर्किएका साथीसंगीहरु

मेरो अभाब देख्लान्

जसोतसो घन्काउदाहुन् जोरमादल

चारकुने आँगन छिर्कनी मारेर

देउसी भैली खेल्लान्

दिदी बहिनीको हातबाट टिको लगाउलान्

 

दियोभरीको घ्युसँगै

बलिरहेको बत्तीसँगै

टोलाइरहेकी मेरी चेलीलाइ

सम्झाइदेउ साथी मन नदुखाउनु भनेर

अनि सुनाइदेउ अर्को बर्ष भाइ

अवश्य आउछ भनेर


सन्चारकर्मी

रेडियो राजधानी काठमाण्डौ

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |