हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विजय कोइराला, (झापा, नेपाल )

मैया आज तिम्रो हात कोहि तान्दै थियो
गाला ओठ कपाल सारा आफ्नै मान्दै थियो

तिमीपनि उस्तै क्यार गुनी भैसी जस्ती
च्याप्पच्याप्प अंगालोमा तिमीलाई बान्दै थियो

अलमलमा परे म तिम्रो चाला देखी
पराईले पलपल तिम्रो शरीर छान्दै थियो

कस्तो कर्म यस्तो दिन आफै देख्नुपर्ने
तिम्रो शरीर आफ्नै बाबुको पेवा ठान्दैथियो

डर थियो कम्पन थियो मध्ये बजारमा

मुटु बन्द शरीर सारा लगलग काम्दैथियो
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |