हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विजय कोइराला, (झापा, नेपाल)

समाज पनि उस्तै जुनु जात मिल्दैन रे
लाखौं कोसिस गरौँ अझै बात मिल्दैन रे

बिताएका पलहरुले मनमुटु चिरिदिन्छ

संगै खेली हाँसेका ती रात मिल्दैन रे

एउटा मुटु एउटा मन तिम्रो मेरो सधैँ

दु:ख पर्दा सुमसुमाउने हात मिल्दैन रे

डर धेरै कम्पन धेरै बिछोडिने पीडा
खुसी दिने मायाका ती खात मिल्दैन रे

सानो छु रे तिमी भन्दा पैतालाको धुलो

ज्यान जाओस् मलाई तिम्रो साथ मिल्दैन रे                 

 

               

 

                       

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |