हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

चेतन आवृष्टि

निश्चल काउचा मगर, (चौराहा - १ - बाग्लुङ)

कलमको निबले होईन
बन्दुकको सँगिनले लेखेको
ईतिहास
समय पर्दाले घुम्टो उघारेर
नेपथ्यमा भेद खुल्दैछ

पाईला- पाईलामा थापेका वादका धरापहरू
पाता फर्काएर लादिएका धर्म
पुर्खाहरू देउरालीमा पाती चदाई
दोस्रो विश्व युद्धमा लखेटि
आँखा जुधाएर हेर्नेको
कान र नाक
धार्नी र बिसौलीमा जोखिए

जात-पातको चंगुलमा फसिएर
रिकुटे बनी रह्यौं
कोतघरमा बोका छप्काउदै
आफ्नै पुर्खा मारिएको उपलक्ष्यमा
निधारमा रातो टीका टल्कायौ
ठुलाठालुको भतेरमा टपरीमा भुँडी भर्यौं

काला कालखण्ड चिरेर
नस्ल चेतन आवृष्टिले रुझी सके
माफ गर्नुस महाशय!
अब,
बलिको बोको बन्दिन ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |