हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हाम्रो देशमा नाटक र जात्रा

क्यालिफोर्निया अमेरिका, (रमेश पल्लव)

एउटा नाटक अर्को नाटक कति धेरै नाटक
दलहरु हानाथापमै को चाहि होला घातक
?
एउटा भन्छ ठीक छु म त अर्को भन्छ त्यस्तै
जनतालाई झुक्याएर पाउ मोल्न व्यस्तै ।

दिनैपिच्छे बल्झिरहन्छ जनताको घाउ
नेतादेखि मन्त्रीसम्म कुर्सी पाउने दाउ
कहिले यता कहिले उता नेताहरुको चाला
बरु अब खोली देउन सच्चाइको ताला ।

जनता रुँदा तिमी हाँस्छौ लाज छैन तिम्लाई
?
भोको पेट र नाङ्गो शरिर किन बनायौ हाम्लाई 
?
झूटा वचन फोस्रा कसम किन यति धेरै
अरुलाई चाहि चाहिंदैन सबै भन्छौ मेरै ।

नसक्नेले किन भन्नु म नै सबै गर्छु
खोलानाला खहरेहरु सबै एक्लै तर्छु
कुर्सी प्यारो देशभन्दा कस्तो छाडा बानी
देश रुँदा तिमी मस्त खुट्टा तानी तानी ।

दोष जति अर्कालाई तिमी चोखो बन्ने
आफूचाहि फोहोर बनी अरुलाई भन्ने
तीतो भयो अब हाम्लाई जीवनको यात्रा
अति भयो हाम्रो देशमा नाटक र जात्रा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |