हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जिवन सार

बिनोद खड्का, , ((दोहा, कतार ))

कहाँ पुगेर टुट्दछ
कहाँ पुगी रोकिन्छ
खै बाँकी के नै रहला
जीन्दगी यो केवल
उडिरहेको चंगासरी
चुँडिन्छ, सकिन्छ ।

चुँडिन्छ कि कसो
नखुल्दै देहहरु
चेतनाका लहरहरु
“म” मा नै सकिन्छ कि कसो
यी देहलिलाहरु
“हामी” नबन्दै बिलाउँछ कि कसो
ज्ञानका पानाहरु ।

चुँडिन्छ कि कसो
नबुझ्दै
जीवनका यथार्थहरु
भोक र रोगका आघातहरु
पीडा र क्रन्दनका आवाजहरु
नसिक्दै
“हामी” का भावनाहरु ।

चुँडिन्छ कि कसो
नबाँड्दै
ती पिडाहरु
रोकिन्छ कि कसो यो देहलिला
नमेट्दै
असमानताका खाडलहरु
बुद्धि र विवेकका अभावहरु

चुँडिन्छ कि कसो
नभेट्दै
विश्व शान्तिका चाहनाहरु
बाँच्नुका सारहरु ।

कहाँ पुगेर टुट्दछ
कहाँ पुगी रोकिन्छ
खै बाँकी के नै रहँला
जीन्दगी यो केवल
उडिरहेको चंगासरी
चुँडिन्छ, सकिन्छ ।


२ जनवरी २०१४, बिहिबार, ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |