हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कमिला

राकेश कार्की, (लस एन्जेलस)

बरू हामी कमिला भए हुन्थ्यो
समाजमा मिलेर बस्न त जान्दथ्यौँ
टुक्रा टुक्रा उठाएर मेहनतले
सबैको लागि आहारा त बटुल्थ्यौँ

हामी भन्दैनथ्यौँ मेरो तराई
तँ पहाडे को को पराई
हामी भन्थ्यौँ हामी नेपाली
अँगालेर मेची महाकाली

रातो कमिला होस् या कालो
सानो भुन्टे होस् या ठूलो
गोलकार हुन्छ सधैँ नै मिलीजुली
त्यस्तै हुनपाए हुन्थ्यो हामी नेपाली

कति शान्त छ कति मेहनती
भन्दैन कहिल्यै तँ मदिसे म जनजाति
मार्दैन बरु अरूको आदर गर्दछ
हातमा हात मिलाइ अघि अघि बढ्दछ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |