हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मान्छे अचेल

जय प्रकाश विवश, (आँखिभुईँ ८ संखुवासभा)

हरेक पल फाईदाका गित बोकेर हिड्छ

जीतकै सारङ्गी बोकेर

हरेक पल मेरै महिमाको सारेगम गाएर हिड्छ।

म बाहेक पनि छ र दुनियाँ भन्ने छ दर्शन उसको

आफु बाहेकको संसार कल्पना बाहिर छ उसको

हो उही हो आधुनिक मान्छे।।।

रित्तो मन छ, एक्लिएकोछ साराबाट

आधुनिकताको नाम बोकेर बाँचेकोछ

मेसिनसँग गाँसेकोछ नाता अचेल

मान्छे त खै उसले चिन्दैन पो

चाहे उसका अगाडि कैयौं मानव आकृति सवार हुन,

उसकै अघि सिङगो मानवता संघारमा होस संहारको

उ शून्य आँखा बोकेर उभिन्छ, भावना शून्य

विचार र सोचाई विहिन एउटा बुख्याचा।।

समय चिन्छ रे उसले युग चिन्छ रे

भन्छन समयसँग चल्नसिकेकोछ

कम्तिमा बाँच्न सिकेकोछ

विपत्ति चुलिन्छ वस्तिमा, अभाव आकाशिन्छ टोलमा

उ एउटा प्रतिनिधि हो भोगाईको

तर

उ संवेदनाहीन उभिन्छ।।


रित्तो मन छ, चिम्सा नयन एक जोडी

खडेरीले छुन्न उसलाई

गरिबीले छुन्न उसलाई

अनिकालले छुन्न उसलाई

किनकी

उसले आँफै बाँच्न सिकेकोछ।।

 

बिना लाभ त के हुन्थ्यो र?

जे होस एकलकाँटे जीवन जीउन सिकेकोछ

यहाँ यस्तै छ

मान्छेले अरुका लागि नबाँचे पनि 

आफु त बाँच्न सिकेकोछ।।                  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |