हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आमा

अमृत सुबेदी “गुराँस”, (पोखरा)

(माता तीर्थ औंशी विशेष कविता)

मेरी आमाले कहिल्यै भनिनन्,
कसरी कटे आफ्ना दुःखका पहाडहरु
मात्र देखाइरहिन्
, जिन्दगीको सजिलो बाटो

कहिल्यै भनिनन् मेरालागि

कति पटक, पछाडी फर्किनु पर्यो जिन्दगीवाट,

बरु सिकाइरहिन्, पछाडी फर्केर अल्झनु भनेको

जिन्दगी पछाडी फर्किनु हो ।


आमाले कहिल्यै भनिनन्

कति आँसुका ठेकीहरु पिउनुपर्यो

तर मैले आमावाटै जानेको हूँ,

नुनिलो आँसुको स्वाद र

मलाई आमाले नै भनेकी हुन्

हरबखत नुनिलो आँसु पिउनु भनेको कायर हुनु हो ।

 

आमाले कहिल्यै भनिनन्

मेरो सपना र उज्यालोकोलागि

आफ्ना कति सपनाहरु मारिए र

अँध्यारोको यात्रा गरिन्

कति सहनु पर्यो दमन

तर मैले आमावाटै सिकेको हुँ

आगोसँग आगो भएर जुध्न

फलामसँग फलाम हुन ।

 

आमावाटै सिकेको हुँ

अत्याचारसँग तरबार भएर लड्न र

अप्ठ्याराहरुसँग सिंगौरी खेल्न ।

 

जब आमा रुन्थिन लाग्थ्यो, दनियाँ दुःखमा छ

आमा हाँस्छिन, लाग्थ्यो दुनियाँ रमाइलो छ

जब आमा केही भन्छिन् र सिकाउँछिन् मलाई

हर अफ्ठ्याराहरु सजिला लाग्छन्

जब केही भन्दिनन् आमा

लाग्छ म ढिलो हुन्छु,

मेरो गति ढिलो हुन्छ,

शायद देश ढिलो हुन्छ ।।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |