हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पलमा

मनिता लिम्बु, ( )

जीवनलाई पलमा बाँच्न सिक
एक कदम अगाडि के हुन्छ
कसलाई यहाँ थाहा छ र
भूतको पश्चताप नगर
भविष्यको चिन्ता नगर
वर्तमानको पलमा खुलेर बाँच
पल मै हाँस्न सिक
दुःखलाई पलमा नै भुल्न सिक
रिस,रागलाई पलमा नै त्याग्न सिक
पल-पललाई खुशी बनाएर हाँस्न सिक
भूतको गल्तीलाई वर्तमानमा नल्याउ
केहि छिनको रिस,रागलाई पछ्याउन नदेउ
जीवन त्यसै त सुन्दर छ नै
यसलाई पलमा बाँचेर झनै सुन्दर बनाउ
जीवनको पलमा नै रम्न सिक
जीवनको पलमा नै जम्न सिक
जीवन पलमै खुशी हुन सिक

कति नै छ र जीवन जीउनलाई
कहिल्यै झर्न नदिई आँसुलाई
पलमा नै बाँच्न सिक जीवनलाई
के छ र अन्तमा यहाँबाट लानलाई
के नै छ र यहाँ लोभ गर्नलाई
जीवनलाई आजै यहि पलमा चिन
सबै कुरा छाडि जीवनलाई पलमा नै बाँच्न सिक.....

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |