जीवनको विनिर्माण
सङ्गीत आयाम, (चितवन, भरतपुर)
जीवन विर्निमित अवस्थामा सँधै अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरु र यसभित्रका सम्भावनाहरुले समय अनि परिस्थिति अनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रुपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ त्यो आज पक्कै पनि हुन्न । आज म जे छु अवश्य पनि म भोलि त्यही रुपमा रहिरहन्न । नदीमा पानी कति बग्यो कति ! के त्यसको लेखाजोखा आजसम्म कसैले गर्न सकेको छ पानी बग्ने सन्दर्भ र प्रकि्रया त शताब्दियौंदेखि त्यस्तै नै छ तर त्यही पुरानो पानी फेरि त्यहाँ जति खोजे पनि भेटिदैन नयाँ पानीको जन्म भैसकेको हुन्छ । भनौं न मान्छे भने पहिलाकै छ तर उमेर भने निरन्तर ढलिरहेछ ।
अब हेर्नुहोस् न म हिजो आफ्नो बाको नाममा रहेको जग्गामा आश्रित थिएँ आज भने परम्परा अनुसार भागबण्डा अन्तर्गत पाएको जग्गामा विकेन्द्रीत हुन पुगेको छु । हजुरबाको पालामा जति जग्गा थियो त्यो बाको पालामा हुनसकेन कारण अंशबण्डाको कुरुप खेलमा जग्गा क्रमशः घट्दै गयो यसमा दाजुभाइको नै मुख्य भूमिका रह्यो । बाले हजुरबाबाट जति जग्गा पाउनुभएको थियो त्यति नै जग्गा मेरो भागमा नहुनु स्वाभाविकै हुनगयो । यसमा पनि दाजुभाइको भूमिका कै कारण त्यस जग्गाको विभाजन अवस्यम्भावी नै थियो । टुकिदा टुक्रदै यो खण्डहरको रुपमा परिवर्तित हुँदै गैरहेको यथार्थ भोलि कुन रुपमा र कुन गन्तव्य बोकेर प्रकट हुने हो त्यसको मूल्याङ्कन गर्ने काम सँधै खतरायुक्त रहँदै आएको छ र यो प्रकिया अस्वाभाविक पनि छैन ।
हुन त बाबु बाजेको सम्पत्ति मात्र ताकेर बस्नु एक किसिमको कायरता हो भन्ने अभिव्यक्ति ठाउँ कुठाउँमा नसुनिएको होइन भलादमीहरुबाट । आखिर ज-जसले ठूला ठूला स्वरमा यस्ता कुराहरु भनिरहेका हुन्छन् तिनै नै सबैभन्दा बढी यस्तो प्रकारको सम्पत्ति प्राप्त गर्न र्याल चुहाइरहेका भेटिन्छन्, उदाहरणहरु प्रशस्तै छन् । आदर्श एकातिर छ भने यथार्थ अर्कोतिर परिलक्षित भैरहेकै हुन्छ । यसलाई आजसम्म कसैले सकारात्मक भएर व्यवहारिक रुपमा प्रमाणित गर्न सकेको छ त ? अब तपाई नै भन्नुहोस् त के तपाईले आफ्नो जिन्दगीमा यस्ता मान्छेहरु भेट्नु भएको छ जसले सार्वजनिक रुपमा भनेका छन् कि म अत्यन्त आत्मनिर्भर र आर्थिक रुपमा परिवारको लागि एकदमै सक्षम छु मलाई अब बाबुबाजेको सम्पत्तिको एक टुक्रा पनि चाहिदैन । माफ गर्नुहोला मैले भने आजसम्म यस कुरालाई प्रमाणित गरेर देखाउने यस्ता प्रकारका महान् मान्छेहरु आजसम्म भेट्न पाएको छैन भेट्ने इच्छा भने जीवन्त नै छ । एकजना दार्शनिकले भनेका छन् 'मान्छे जति बढी पढे लेखेको हुन्छ त्यही अनुपातमा ऊ त्यति नै धूर्त पनि हुँदै जान्छ ।' तपाईलाई थाहा नै छ शिक्षा र अध्ययनमा कति ठूलो अन्तर छ ! हो वास्तवमा धूर्ततालाई चलाकी भनेर अर्को नाम दिदै बच्ने गरिन्छ जुन अत्यन्तै असुहाउँदो पनि छ । आफ्नो राम्रो जागिर र आम्दानीको कारणले सम्पन्नताको आडमा नवधनाड्य बन्दै गएका मान्छेहरु नै अरु मान्छेहरुभन्दा पुख्र्यौली सम्पत्तिको लोभ बढी गर्दा रहेछन् भन्ने कुरा त विभिन्न सन्दर्भहरुले पुष्टि गरिरहेकै छन् । वास्तवमा त्यस्तै सम्पन्न मान्छेहरु अंशबण्डाको सवालमा झगडामा उत्रिएका उदाहरणहरु कति छन् कति ! मलाई आश्चर्य लाग्छ मरेको दिनमा सबै छोडेर जाने नै हो भन्ने आदर्श वाक्य बोल्ने आदर्श नायकहरु नै पूख्र्यौली सम्पत्तिको एक इन्च छोड्न तयार हुँदैनन् । भनिन्छ नि ! सबै थाहा हुँदा हुँदै पनि थाहा नपाएको अभिनय गर्नु ।
सबैले जीवनमा आ-आफ्नो भाग खोज्ने यस अंशबण्डाको डरलाग्दो खेलमा म पनि एकदिन सङ्लग्न हुनु नै थियो र भएँ । सबैको अनिवार्य उपस्थिति हुने यस खेलमा मेरो नहुने भन्ने प्रश्न नै आउँदैन म पनि त मान्छे नै हुँ अरु चीज होइन । परम्परादेखि नै खण्डित हुँदै आइरहेको यस्तो श्रृङ्खलामा सामेल हुँदा आफ्नो भूमिका लगभग १० कट्ठा खेतमा सङ्केन्द्रीत हुन पुग्यो त्यो नै सम्पूर्ण मिलाएर मेरो भागमा परेको मैले पाउने जग्गा थियो । त्यसभन्दा बढी पाउने कुनै सम्भावना नै थिएन कारण त्यति नै जग्गा विभाजनको कारणले मेरोभन्दा बाहिर पर्दथ्यो । आखिर दाजुभाइ नै भए पनि अंशवण्डा त हुनु नै थियो र भयो पनि ।
यो सम्पत्तिको नाममा मैले पाएको लगभग १० कट्ठा खेतलाई के गर्ने कहिलेकाहीं एकान्तमा मैले नसोचेको होइन । के यसबाट जीवनको मुक्ति संभव छ के यसबाट आफुले गर्न चाहेका कुराहरुको निकास निस्कन सक्छ ? अब यो लगभग १० कट्ठा खेतले परिवार पाल्ने हो कि आफ्ना सबैभन्दा प्रिय सपनाहरुलाई साकार बनाउनतिर लाग्ने हो ? अब यो लगभग दश कट्ठा खेतले केटाकेटीलाई पढाउने हो कि अझ आफ्नो ठूलो नाम होस् भनेर त्यसलाई बलि चढाउने हो ? अब यो लगभग दश कट्ठा खेतले रोग लाग्दा उपचार गर्ने हो कि भविष्यका दिनहरुमा आउने सङ्घर्षका डरलाग्दा सागरहरुलाई तर्ने हो ?
हो वास्तवमा म अहिले यतिखेर एकदमै असमञ्जसको स्थितिमा छु । के गर्ने के नगर्ने ? अब यो उमेरमा सरकारी जागिर खोज्न हिडौं भने उमेरले नेटो काटिसक्यो जागिरले पत्याउने कुरै भएन । प्राइभेट जागिर कतै खोजौं भने धेरैजसो ठाउँमा आफुले पढाएका र सिकाएका चेला र विद्यार्थीहरु उच्चपदस्थ रुपमा आसीन छन् । मलाई जागिर चाहियो भन्न जाँदा तिनीहरुले आफ्नो गुरुको बारेमा के-के सोच्लान् ! व्यापार व्यवसाय गरौं भने शतप्रतिशत डुब्ने खतरा छँदैछ । बाबुबाजेले नै कहिल्यै नगरेको कुरा गर्दा त्यसलाई कसरी पार लगाउन सकिएला ! होइन स्वतन्त्र रुपमा जीवन निर्वाह गरौ भने जुन कुरा आजसम्म भैरहेकै छ र त्यसको लागि फेरि त्यही लगभग १० कट्ठा खेतको आश्रयस्थलमा आफुलाई फालेर मेरो परिवारलाई बचाउ भनेर गुहार लगाउनु छँदैछ । जन्मदेखि नै विनिर्मित हुँदै आएको यो जीवनले अब पनि कति विनिर्माणहरु देख्नु पर्ने हो ?
ओह ! 'जिन्दगी सङ्घर्ष हो भन्थे' साँच्चै नै सङ्घर्ष रहेछ । यसबाट पार पाउनु पर्ने पो रहेछ । जिन्दगी पीडा हो भन्थे यथार्थमा पीडा नै रहेछ त्यसबाट मुक्त हुनु पर्ने पो रहेछ । जिन्दगीलाई को कोले के के भनेनन् र जिन्दगीलाई क-कसले पैसा झैं गनॆनन् र जिन्दगीलाई कसले आँसुमा रुझाएनन् र जिन्दगीलाई कसले आँधीमा बुझाएनन् र लाग्छ पीडाहरुलाई पनि ठूलो चुनौती हुँदो हो मलाई सम्पूर्ण रुपमा आत्मसात गर्न । मानौं यातनाहरु पनि डराउँदा हुन् मलाई गहिरिएर अध्ययन गर्न ।
मनमा अनेक तर्कना खेल्न थाल्छन् त्यसबाट मुक्त हुने कोशिश गर्छु तर सक्दिन । एक मन त लाग्छ मेरो यो लगभग १० कट्ठा खेत गाउँको कुनै कुनामा नभएर केही राम्रो ठाउँमा भएको भए शायद जिन्दगी त्यही हुने थिएन जुन आज मसँग छ । अर्को मन लाग्छ मेरो यो लगभग १० कट्ठा खेत कुनै ठूलो शहरमा भैदिएको भए पनि शायद यथार्थ त्यही हुने थिएन जुन आज मसँग छ । फेरि म सोच्न थाल्छु मेरो यो लगभग १० कट्ठा खेत अझ कुनै विकसित विदेशी भूमिमा भैदिएको भए शायद मेरो स्थिति पक्कै पनि त्यही हुने थिएन जुन आज मेरो छ ।
मान्छेहरु मलाई भन्लान् "अब त तँ लगभग १० कट्ठा खेतको मालिक भइस् ।"
तर म भन्छु "होइन म अब लगभग १० कट्ठा खेतको दास भएँ ।"
मान्छेहरु मलाई भन्न सक्छन् "आफ्नो नाममा कुनै पनि जग्गा नै नभएका मान्छेहरुलाई अब भने तैंले जितिस् ।"
तर म भन्छु "होइन आफ्नो भन्दा धेरै जग्गा भएका मान्छेहरुका कारणले म फेरि पनि हारें ।"
मलाई आश्चर्य लाग्छ वास्तवमा आफुसँग कत्ति पनि जग्गा नभएकाहरुको स्थितिभन्दा त मेरो अवश्य पनि राम्रो हुनुपर्ने हो ! म त खुशी पो हुनुपर्ने थियो ! निश्चित रुपमा आफुसँग कत्ति पनि जग्गा नभएकाहरुको तुलनामा मेरो भागमा त केही भने पनि जग्गा आएको छ म त उनीहरु भन्दा सुखी पो हुनुपर्ने थियो ! तर मलाई लाग्छ केही पनि नभएकाहरुमाथि केही भएकाहरुले जति शासन चलाएका छन् त्यो भन्दा कयौं गुणा बढी धेरै भएकाहरुले केही भएकाहरुलाई बढी शासन गरेका छन् ! मेरो विशिष्ट दुःखको कारण यो पो हो कि ! तपाईले सोच्नुहोस् त ! वास्तवमा भन्ने हो भने केही भएकाहरुले केही पनि नभएकाहरुलाई जुन अनुपातमा दुःख दिन्छन् त्यसको अनुपातमा केही भएकाहरुलाई धेरै भएकाहरुले अत्यन्तै दुःख दिएका छन् ! मेरो महान पीडाको कारण यो पो हो कि ! तपाईलाई लाग्दैन ? शायद यसै कारणले नै हो कि म भयङ्कर रुपमा सङ्घर्ष गर्दा गर्दै पनि पराजित भैरहेको छु ! जित्नेहरु विजयोत्सवमा सामेल भैरहेछन् । शायद यस्तै अवस्थाले नै हो कि म क्रमशः कठिन लडाई लड्दा लड्दै पनि हारिरहेछु मेरो हारमा ताली बजाउनेहरुको ठूलो लश्कर हाँस्दै अघि बढिरहेको म देख्दैछु ।
म मेरो भागमा परेको लगभग १० कट्ठा खेततिर लाग्छु । म निरन्तर आफैंलाई भनिरहेको हुन्छु मेरो परिवारको भविष्य निर्धारण गर्ने खेत । मेरा आकांक्षाहरुलाई निकास दिने खेत । रोग लाग्दा उपचार गर्ने खेत । केटाकेटीहरुलाई पढ्न पठाउने खेत । चाडपर्व आउँदा मीठो खान दिने र राम्रो लाउन दिने खेत । अरु पनि धेरै समस्याहरुको समाधान गर्ने खेत । ओह ! समस्याहरु त हजारौं पो छन् त ! के तिनीहरुलाई लगभग १० कट्ठा खेतले मुक्त गर्न सक्छ होला ? म पसिना पसिना भैसकेको हुन्छु । उफ ! बाधा-व्यवधानहरु त हजारौं पो रहेछन् त ! के तिनीहरुलाई लगभग १० कट्ठा खेतले पन्छाउन सक्छ होला ? मलाई रिँगटा लागेर आउँछ । म एकछिनपछि आफुलाई शान्तसँग एकान्तमा पाउँछु । आफ्नो भागमा परेको लगभग १० कट्ठा खेत नै अब मेरो यथार्थ हो । यसबाट भागेर जाने ठाउँ नै कहाँ छ र ? मलाई लाग्न थाल्छ मेरो जिन्दगी विनिर्मित हुँदै यतिखेर लगभग १० कट्ठा खेतलाई सुम्सुम्याइरहेछ । हो विनिर्माणको यस खेलमा मेरो जिन्दगीले लगभग १० कट्ठा खेतको आँगनमा यतिबेला आफुलाई पाएको छ ।
Comments
baeni
anuradha dide jastyi hamiharu nepali nariharu saboyila milara grnasaka nepal k hunitiyoho la
Sangeeta
Thank you basu dai, For taking interview with a world famous Anuradha Koirala CNN hero true daughter of Nepal.We all are proud of her. --Sangeeta Sarkar
DB Tamang
बासुजी, लक्ष्मी प्रसाद देवकोटाले आफ्नो खण्ड काब्य मुना मदनमा भन्नु भए जस्तै मानिस ठुलो कामले हुन्छ जातले हुँदैन | अनुराधा कोइराला त्यो नाम हो, कुनै दिन नोबेल पुरस्कार पनि पाउन सक्छन जस्तो मलाई लाग्छ | सिङ्गो देशले गर्न नसकेको काम अनुराधा दिदिले गर्नु भएको छ | डिग बहादुर तामांग
रजनी श्रेष्ठ
अनुराधा दिदी, नेपालीको लागि गर्बको प्रतिक हुनुहुन्छ | मेरो हृदय देखी बधाई छ दिदीलाई! नेपाल आमाको सुपुत्रीलाई अन्तरबार्ता मार्फत स्वागत गरि दिनु भयकोमा खसखस डट कमलाई धेरै धेरै धन्यबाद छ|
hari ghimire
वासु जी धन्यवाद! महत्वपूर्ण ब्यक्तित्वको महत्वपूर्ण अन्तर्वार्ता लिनु भएकामा!!!
Yuvaraaj Nayaghare
धन्यवाद, राम्रो कामको सम्मान गर्नु भो |
Sanyukta Shrestha
खासमा तपाईहरू जस्तो सञ्चारकर्मीहरूले उहाँलाई त्यहाँसम्म पुर्याउनु पर्ने थियो न कि उहाँको celebrity status मा cash-up गर्नु तपाईहरूको कर्तव्य हो। आफ्नो कर्तव्यलाई बुझ्नुहोस् र नेपालीहरूको हितमा कत्तिको फरक पुर्याउन सक्नु हुनेछ त्यो बुझ्नखोज्नुहोस्। एउटा सोच मात्र हो, अन्यथा नलिनुहोला। ------ संयुक्तजी यो सफलता वहांको अन्तिम होइन | मलाइ लाग्छ त्यो चूली अझै बाँकि छ र त्यस चुलीसम्म पुर्याउन तपाईंहरुजस्तोको हात/साथ र सहयोग मिलोस भन्ने हेतुले वहाँको विचार सम्प्रेषण गरिएको हो | वहांको विचार सुनेर के गर्न सकिन्छ त्यता पट्टि ध्यान दिने कि ? अन्यथा नलिई तपाइंको सोचकोलागी धन्यवाद त छँदै छ | खसखस डट काम
नरनाथ लुइंटेल
अनुराधाको आवाज सुनाएकोमा खसखसलाइ धन्यवाद |
शसांग लामा
खसखस डटकमले अनुराधा गुरुङ् (कोइराला)सँग लिएको अन्तर्वार्ता सुनें| दार्जिलिङे लवजमा बोलिएको मिठो नेपाली आवाजमा अनुराधा दिदीले \"भाइ\" भन्नु भै सम्बोधन गरिएका जवाफमा मौलिक नेपाली बिचार त छंदै थियो, त्यसमाथि पनि अन्तरराष्ट्रिय मान्यता प्राप्त मा...इती नेपालको president नभएर रुम्जाटारको एकजना गुरुङ्सेनी महिलाले सोझो पाराले आफ्नो देशको दुखेसो पोखेको जस्तो पो लाग्यो। अनुराधा दिदीलाइ म कुन शब्दले प्रशंसा गरुँ? वास्तवमै तिनी नेपालको Mother Teresea हुन। तिनलाई नेपाल सरकारले रथयात्रा गराउनु पर्छ। CNN कै तक्मा पाइसकेपछि नेपालको दक्षिण र उत्तर बाहु तक्माहरुको केही अर्थ रह्यो र ? भगवान बुद्वका अगाडि झुक्ने यो शिर अनुराधा दिदीका अगागाडी झुकाउन मलाई कुनै संकोच छैन|
Poonam Kafle
आशा गरेको कुरा पूर्ण हुंदा साह्रै खुशि लाग्यो | आज नेपालको मात्र नभई बिस्वकै (हीरो) उपाधिले बिभुषित अनुराधा दिदीले कर्मको मिठो फल पाउनु भयो.| वंहा लाई भित्री ह्रदय देखिनै प्रणाम गर्दछु |
Gopal Regmi
Thank you Basu jee! It was a very noble thing that you did. You have covered a moment of historical importance through this interview with Anuradha Koirala - a true daughter of Nepal!
Gopal Regmi
Anuradha Koirala has become a name that every Nepali can be proud of! Heart-felt congratulations to Anuradha jee! I am thankful to Basu jee for this timely interview as well!
शर्मिला खड्का दाहाल
अनुराधा दिदी हाम्रो देशको गौरव हुन् । हामी अति भारविभोर भएका छौँ यो खुसीको क्षण अनुराधा दिदी, अरु म के भनौ । यस्ता देशका रत्न हामी सारा देश विदेशमा वस्ने नेपाली बीच चिनाउने वासुदाइ स्यम् रत्न तथा एकताका प्रतिमूर्ति हुनु भएको छ ।
Kamal Mani Dixit
बधाई छ, खस्खस्! र बधाई छ हामी नेपाली जातिलाई नै! कमलमणि।
Dirgha Raj Prasain
Dear Sister Anuradha ! Thanks. You are luckiest in Nepalese society. You were always active, creative and energetic. We are very happy. Congratulation to you. Yours Dai &; Bhauju Dirgha Raj Prasai Sanubaba Prasai
Daya Shakya
Thanks, this is certainly a praiseworthy task In my opinion due to corrupted GOVT people are not getting from country what they need and for money they are encouraged to do any kind of sinful job including the trafficking. Freeing from Brothels is not the solution. Education on human crime and punishment are rarely focused by media outlets. So, I urge her to educate people so that wanted and unwanted victim can be recognized. In the past decade the tradition of foreign labor went up so high but Govt has no plan to formulate job creation. Poverty is the main cause of brothel life in our society. CNN needs to know how corrupted our Society then pick the right person. See the pattern of nomination and the flow of emails in her support. We will learn something. GP Koirala was also proposed for Nobel prize but turn down by many but good heart people always win the heart of mass. Daya