हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पहाड र मेरा बा

कृष्ण कट्टेल, (सिटिजन एफएम, काठमाण्डौ । )

असंख्य पहाडहरुको पत्रमा
उभ्भिएको एउटा पहाड
त्यहि पहाडले जन्माएको मेरा बा
आजसम्म उसकै छातिमा हुर्किएर
स्याहारिरहेछन त्यहि पहाडलाई ।

शिशिरमा उजाडिएको पहाडको खुसी
मेरै बाको पसिनाबाट फर्किन्छ बसन्तमा
अनि लगाउँछ हरियो लाली
कुनै साइड इफेक्ट नहुने ।
बरु देखिन्छ उल्टै
हराभरा र सम्पन्नशाली ।

त्यहि पहाड हो
मेरा बाको सबैथोक
अनि मेरो पनि इश्वर
त्यहिँ रोपिएको पसिना
मोति भइदिएर नै
रगत पसेको हो मेरो मुटुमा ।

कहिले गल्र्याम्म लडिदिन्छ पहाडको एक कुना
पर्खाल लगाउछन मेरा बा
अनि फोरेर चट्टान, माटो बनाउँछन ।
रोप्छन,हुर्काउछन, फलाउँछन् अक्सिजन
त्यसैले मुटुभन्दा प्यारो ठान्छन मेरा बा
यो पहाडलाइ, यो देशलाइ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |