हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

इन्जिनियर राकेश कार्की, (लस एन्जेलस्)

गर्दा गर्दै पनि आफ्नो हुन्न मान्छे
गर्नेलाई नै होच्याएर छुन्न मान्छे

न सुन्छ राम्रा अरुको विचार
बुझे पनि मनलाई धुन्न मान्छे

आफ्नै अगाडि देखेर बिजोग
दु:खी रहने रून्छ ऊ रून्न मान्छे

मै ठूलो मै जान्ने मेरै मात्र बोली
अरुले भनेको पनि सुन्न मान्छे

आफैलाई टकटकाउनेलाई कति चुन्छस्
ठीक गर्नेलाई पनि चुन्न मान्छे

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |