भुसुक्कै बिर्सेछु...
शुष्मिता लिम्बु, ( )
आमा..तपाईको वियोगमा
व्यर्थ मैले आँसु झारेछु
अशान्तीबाट शान्तीको यात्रा गर्नुभा'को त
मैले भुसुक्कै बिर्सेछु...
बाहिरी आँखाले मात्र खोज्ने गरेछु
तपाई र मेरो अंतरसंबन्ध त
मैले चट्टक्कै बिर्सेछु
आमा..तपाईको वियोगमा व्यर्थ मैले आँसु झारेछु
तपाई आत्माबाट परमात्मामा लिन हुनु भा'को त
मैले चट्टक्कै बिर्सेछु
मूर्ख आँखाले चारैतिर हेर्दै
तपाईको भौतिक शरीर खोजेछु
तेस्रो आँखा खोलेर हेर्न त
मैले चट्टक्कै बिर्सेछु
आमा..तपाईको वियोगमा व्यर्थ
मैले आँसु झारेछु
अशान्तीबाट शान्तीको यात्रा गर्नु भा'को त
मैले भुसुक्कै बिर्सेछु...