हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

खोजी वास्तविक स्वरुपको

शर्मिला पोखरेल, (हाल: एडमन्टन, क्यानडा)

आफैंलाई खोज्दै हिंडे
धेरै-धेरै बर्षदेखि
यात्रामा भेटिएजति
आफन्त हुन् वा पराई
सबैलाई सोध्दै हिंडे
धेरै-धेरै बर्षदेखि


आमाबाले जो नाम दिए
त्यहि नाम "म" हुँ झैं लाग्थ्यो
उमेरसँगै परिवर्तित
यो अनुहार "म" हुँ झैं लाग्थ्यो


मेरो मन मेरै हो भन्थें
सानो छँदा अर्कै थियो
अहिले बेग्लै बेग्लै लाग्छ

भिड भित्र खोज्थें पहिले
एकान्तमा खोज्छु अहिले
बर्षौ देखि नभेटिएको
मेरो आफ्नो
वास्तविक स्वरुप

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |