निलकमल भई फूल्यौ !
राज थापा, ( आयरल्याण्ड )
तिमीलाई लालिगुँरास फूल सोच्थें मैले
निलकमल भई फूल्यौ परदेशमा अहिले !
देशको सिमा नाघेपछि
मनको भेष फेर्यौ
घुम्ति घुम्ति माया
फेर्दै अति स्वार्थी बन्यौ !
चोखो माया फूल भन्थ्यौ
कुल्चि गयौ आज
फोहोरी तिम्रो चालले
सबलाई भयो लाज !
एक दिन त धोका दिन्छ
स्वार्थ लुकेपछि
मागेर कस्ले दिन्छ
आफ्नो ईज्जत गएपछि !
तिमीलाई लालिगुँरास
फूल सोच्थे मैले
निलकमल भई फूल्यौ
परदेशमा अहिले !