हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एक धर्को सिन्दूर

राज थापा, (लिम्रीक,आयरल्याण्ड )

एक धर्को सिन्दूरको के भर छ ?
जीनको यौवन सँगै मौलाएको
कुरकुरे बैशमा जोडी बाँधीएको
प्रमाणित गर्थ्यो सिउदोको सिन्दूर
बेदनाले मनको कथा बोकेर
जिउन विवश थिए सिउदो भरेर

तृष्णाका प्याला बोकी बर्षौ
बाटो हेरी बस्थ्यौ परदेशीको
आज जमाना पनि तन्नेरी भ
सागर तर्दै सिउदोको सिन्दूर
समय सङ्गै उडी रहेछ
पारपाचुके मागी रहेछ
सुनौलो सपना बोकी रहेछ
पाश्चात्य साम्राज्यवादको
हावाले एकतमास उडाई रहेछ
आफ्नो सँस्कार भत्की रहेछ
खै अब सिन्दूरको के भर छ ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |