हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मञ्जुल, समय र आवाज

रजनी ढकाल, (काठमाडौँ)


समय जीवनगतिसँगै बहने यस्तो अविच्छित्र लहर हो जससँग जीवनका अनन्त सम्भावनाहरू छन् । प्रिय र सुखद् क्षणहरू छन् । सपनाहरू छन् मात्र आफूले खोज्नुपर्छ, रोज्न जात्रुपर्छ । मैले जीवनलाई यसरी चिन्दै आएँ अनि यसैगरी भोग्दै पनि आएँ । तर आज लागिरहेछ यो बुझाइ पनि सही रहेनछ । जति कुरा जानेँ र बुझेँ भन्छु ती सबै कुरा केही समयपछि झुट र भ्रमपूर्ण लाग्छन् । किन यो बोध भइरहेछ, जे देख्यो त्यो मात्रै सत्य होइन रहेछ, जे सत्य भन्यो त्यो मात्रै पनि सत्य होइन रहेछ । सत्य पनि सापेक्ष हुने रहेछ, समयसँग बदलिने रहेछ ।
जीवन पहाडका अनेक घुम्तीजस्तै रहेछ एउटा पार ग¥यो अर्को टुप्लुक्क आइपुग्ने ! तर पहाडहरू टाढाबाट हेर्दा जति जटिल लाग्छन् नजिक गएर हिँड्न थालेपछि तिनैसँग बानी परिने रहेछ । हो जीवन एउटा पहाड हो, जीवन अनेक भङ्गाला सहितको नदी हो अनि जीवन समयको अविच्छित्र प्रवाहको अनेकौँ खोप र डोबको समष्टि हो । तर यो कहिलेकाहीँ किन रोकिन्छ हँ ? पहाडजस्तै, नदीजस्तै, बाटोजस्तै अनेक सङ्घर्ष र जुझारू जीवन बाँचेका मञ्जुल दाइलाई देखेपछि आजभोलि अनायासै यस्ता प्रश्नहरू आउँछन् । सधैँ बोलेर नथाक्ने, अजस्र प्रेरणादायी आवाजमा भुलभुलाउने मञ्जुलको धाराप्रवाह बोलीको मूल किन सुक्यो आजभोलि ? किन बोल्दैनन् उनी ? सुस्मिताको अनन्य मित्र भएको नाताले पनि धेरैले मसँग प्रश्न गर्छन्, “कस्तो छ मञ्जुललाई ?” त्यतिबेला मलाई समयको रोकिएको क्षण याद आउँछ अनि भत्रे गर्छु, “उहाँ त ठीकै जस्तो लाग्छ तर किन हो बोल्नु हुत्र !” 
अनि त्यतिबेलै सम्झिन्छु उहाँले हरदम गाउने गरेको गीत: ‘जीवन सङ्घर्ष हो, सङ्घर्ष हो जीवन, जीवनदेखि थाकेर बस्छु नभन ! जीवनदेखि हारेर मर्छु नभन !’
‘कार्यशील जिन्दगी बगिरहने नदी हो !....’

आज २०७१ मङ्िसरको चिसो दिन फेरि उनै मञ्जुल दाइसँग केही कुरा गर्दैछु म मधुपर्कका लागि ! जो मेरो जीवनमा सिर्जनात्मक लेखनका प्रेरक गुरु हुनुभयो । मेरी मित्र सुस्मिता बिगत ३४ महिनादेखि उहाँलाई अत्यन्त लगनले स्यहार गरिरहेकी छन्, उसो त यी दुईको दाम्पत्य जीवनले पनि २६ वसन्त नाघेछन् । म सुस्मिताका धेरैजसो कार्यसँग परिचित छु तर अवाक् हेरिरहेछु, सुनिरहेछु उनका कुराहरू ! दुःख छ तर उनी दुःखलाई उत्सवमय बनाइरहेकी छन् । अँध्यारो छ तर उनी आफैँ जीवनको उज्यालो जुलुस हुन् । उनका विचारहरू कसरी यति धेरै परिपक्व भए होलान् ? म गमिरहन्छु । तर आज बोल्नु छ मञ्जुल दाइसँग । उहाँ बोल्नुहुत्र थाहा छ । कसरी बोलाउने थाहा छैन । पहिला भएको भए अरूलाई बोल्न दिने भए पो ! अहिले मात्र एक हरफ मा टुिङ्गन्छ उहाँको कुरा । कहिलेकाहीँ आँखा, ओठको चाल र टाउकको मन्द गतिमा अनुवाद हुन्छ उहाँको भाषा !

गमलामा जिरेनियमको सौन्दर्य निर्धक्क खुलेको छ, आकाश पनि सफा छ, न्यानो घाममा छौँ हामी, सुस्मिता म र मञ्जुल दाइ ! सर्ट, पाइन्ट र स्वेटरमा चिटिक्क परेर बसे पनि उहाँका आँखामा पटक्कै छैन कुनै उत्सुकता ! अङ्ग अङ्गबाट फुत्किने मञ्जुलको अभिव्यक्तिलाई खै केको बादलले ढाक्यो ढाक्यो । कसैले भत्र सकेको छैन । डाक्टर पनि भत्र सक्दैनन् उनी यस्तै भएका हुन् । उनलाई यस्तै समस्या छ । तर उनी भत्रछन्, ‘म स्वस्थ छैन ।’ एकछिन अगाडि राखेको एक किलो सुन्तला भने झन्डै खाइसकेका छन् केही केस्रा हामीलाई दिएर ।

म किन आएको थाहा छ नि तपाईँलाई ?

“मधुपर्कलाई अन्तर्वार्ता लिन” (थोरै मुस्कान, तर शरीर मूर्तिवत्)
अनि कसरी बिताउनु हुन्छ त आजभोलि समय ?
“घरमा आएका साथीहरूसँग कुराकानी गरेर” (होइन, सुस्मितासँग झगडा गरेर भत्रुस् न, सुस्मिताको हाँसो सहितको अभिव्यक्ति)
के कुरा हुन्छन् त साथीहरूसँग ?
“साहित्यिक साथीहरू आउनुहुन्छ, भाषा पढाउने साथीहरू आउनु हुन्छ । उहाँहरू सुनाउनुहुन्छ, मेरो पनि सुत्रे भत्रुहुन्छ । (लामो सास फेर्दै) गीत चाहिँ गाउँदिन ! गीत गाउँन मन लाग्दैन, स्वरले दिँदैन, हात अभ्यस्त हुँदैन ।”
के गर्न मन लाग्छ ?
“माधव घिमिरेका गीत, वासु शशीका कविता पढ्न मन लाग्छ । एउटा यस्तो फूल चाहिन्छ कविता सङ्ग्रह र कित्रर कित्ररी गीत सङ्ग्रह !”
कतिपल्ट पढ्नु भयो त यी कृतिहरू ?
“धेरै चोटि, सिर्जना जति धेरै पढ्यो उति नयाँ प्रकारले हेर्न, बुझ्न सकिन्छ, जीवनको सुख दुःख समेटिएको दार्शनिक रङ दिएर ।”
के भित्रता छ पहिलाको पठन र अहिलेको पठनमा ?
“सिर्जनामा नयाँ शक्ति हुन्छ, पछि पढ्दा छुट्टै आनन्द आउँछ । उमेर अध्ययन र अनुभवले पठनशीलतामा फरक पार्छ ।”
किन्नरकिन्नरीमा के भेट्नुभयो ?
“जीवनवादी ! मानवतावादी !!”
कस्तो जीवनवादी ?
“कुराकानी भनेको त कुराकानी जस्तो पो हुनुपर्छ धेरै गहिरिएर नसोध न !”
के गरौँ जस्तो लाग्छ ?
“केही उत्साह छैन । यो वर्षको सुरुतिर क्यालेन्डर कविता लेखेँ । अहिले लेख्न मन लाग्दैन । लेख्न नसकेकोमा दुःख लाग्छ, लेखूँ भन्दा फुरेर आउँदैन ।”
तपाईँ अन द स्पट कविता बनाउने आसुकवि ! यी फूल हेरेर केही भत्र कोसिस गर्नु न ?
“फूल जस्तै फूल, फूल जस्तै मुस्कुराऊ, फूल जस्तै सौन्दर्य बाँड !”
अनि ?
“फूलले रङलाई माया गरेजस्तै जीवनको रङलाई माया गर !”
आजभोलि कसैले लेख्नू भनेर कापी कलम उपहार दिएको छैन ?
“सधैँ क्याम्पस जाने बेला कापीकलम दिएर जान्छिन् सुस्मिता ! तर म लेख्दिनँ, दुःखी हुन्छिन् ।”
कविता फुर्नलाई के चाहिँदो रहेछ ? अहिले के भएन ?
अनुभव गरिन्थ्यो, अनुभूतिले फुराउँथ्यो । अहिले पनि अनुभव र अनुभूति त हुन्छ तर काव्यात्मक अभिव्यक्ति हुँदैन । भित्रदेखि फुर्दैन ।”
किन फुरेन त ?
“एउटै किसिमको वातावरणमा बसिरहन्छु त्यसैले होला ! नयाँ कुराको अनुभव र अनुभूति प्राप्त गरेर लेख्दा राम्रो हुन्छ नि ! (मैले कापीमा टिपिरहेकी थिएँ, मेरो लेखनमा उहाँले बोलेको ‘नि’ छुटेको थियो, भत्रुभयो ः “मेरो निपात किन उडाइदिएको ?”)
कस्तो तगडा आँखा, त्यति टाढाबाट पनि देख्नुहुन्छ ? सुस्मिता र म मज्जाले हाँस्यौँ । हाम्रो हाँसो उहाँको ओठ नजिकै पुगेर अलमलियो र अपरिचित झैँ बाहिरियो ।
“नेपाली भाषामा निपातले निकै सौन्दर्य दिन्छ, भाषालाई मीठो बनाउँछ, सुस्मिताले बनाएको खाना भन्दा पनि मीठो” (उहाँ थोरै मुस्कुराउनु भयो र फेरि टोलाउन थाल्नुभयो)
आँखा आँसुले भरिएका छन् उहाँका ।
म फेरि सोध्छु, “टोलाउनुको अर्थ के हो ?”
“आफैँमा हराउनु”
किन हराउनु भएको ? (आँखाबाट आँसु बगिरहेको छ, सुस्मिता टिस्युपेपर लिएर आउँछिन् र हातमा दिन्छिन् ।) समय चुपचाप रोकिएको छ फूलको रङसँग, घामको न्यानोसँग ! सुस्मिताको अनुहारको आँधीबेहरी सजिलै पढिरहेकीछु म । जति चोट भए पनि मुस्कुराउनु सुस्मिताको विशेषता !
उहाँ अनायास बोल्नुहुन्छ, हाम्रो मौनता उहाँलाई पनि प्रिय लागेन क्यारे, “वास्तविक साहित्य नलेखेका बेला खाना बनाएर समय बिताउनु पनि लेख्नु जस्तै हो ! माझेपछि सफा हुन्छ, भाँडा माझ्नु पनि राम्रो काम हो । चिया बनाउने, तरकारी काट्ने.... मलाई यस्तै काम गर्न मन लाग्छ आजकल !”
(श्रीओम दाइको आगमन, अभिवादनका औपचारिकता, कुराकानीका लागि उहाँले मिलाएको समय हामीहुँदै बिस्तारै चिप्लिएको थियो)

श्रीओम र उनीजस्तै सयौँलाई मञ्जुलले साहित्यमा लाग्न प्रेरित गरे । मैले धेरै वर्षदेखि सुनिरहेकी छु अहिले पनि, अनि सुन्दै आएकी छु । यो लेख लेख्नु अघि फेसबुकमा रवीन्द्र मिश्रको स्टास पढेकी थिएँ “कुनैबेला आप्mना गीत, गायन र कविताबाट तरङ्ग ल्याएका कवि तथा निबन्धकार मञ्जुललाई आज एउटा छोटो तर महत्त्वपूर्ण टिप्पणी लिन भेट्न गएको थिएँ । बिग्रेको स्वास्थ्यस्थितिमा राम्रो सुधार आएको रहेछ, असाध्यै खुसी लाग्यो ।” मिश्रले मञ्जुलको मृत्यु कविताको समर्पण अंश “मैले पनि एक दिन मर्नुपर्छ भनेर जो अरूलाई माया गर्छन् तिनैलाई समर्पित छन् यी कविताहरू” लाई पनि उद्धृत गरेका रहेछन् । मिश्र आप्mनो प्रकाशोन्मुख कविता सङ्ग्रहका लागि आफूलाई सबैभन्दा बढी प्रेरित गर्ने कविका केही शब्द आशीर्वादका रूपमा लिन गएका रहेछन् ।

केही दिन अघि एकजना मित्रले भन्दै थिइन्, रजनीजी मञ्जुल दाइ मेरो कार्यव्रmममा आइदिए त म कति खुसी हुने थिएँ, यो किताब लेख्न उहाँले कति प्रेरणा दिनुभयो मलाई ! उहाँले सबैलाई प्रेरणा दिनुहुन्छ तर मप्रति उहाँको स्नेह विशेष छ जस्तो लाग्छ मलाई । मैले उहाँको मायाले लेख्न सकेँ ।“ प्रत्युत्तरमा मैले भनेँ, “मित्र ! मञ्जुलको विशेष पहिचान नै त्यही हो, उनी सबैलाई माया गर्छन् तर सबैले आफूलाई दिइएको उनको माया अरूलाई दिनेभन्दा विशिष्ट छ भत्रे सम्झिन्छन् ।”

श्रीओमका कुरा पनि उस्तै थिए । २०४५ सालतिर कुनै कार्यव्रmममा जाँदा कति वरिष्ठ भनाउँदा साहित्यकारहरू श्रीओमलाई किन आएको भनेर पनि सोध्थे रे । बसिरहेको छ भने पनि फलानो फलानो आउँदै छ, तिमी यहाँबाट जाऊ भन्थे रे । कतिपय स्थापित लेखक नयाँलाई साहित्य लेखनमा प्रेरित गर्न उति चासो राख्दैनथे बरू आप्mनै कविता पढेर सुनाइदे भन्थे । तर मञ्जुल त्यस्तो पात्र थिए जसले उनलाई सँगै हिँडाए, आफूजस्तै लेख्न लगाए । अनि सधैँ गाउँ गाउँमा नाटक खेलेर फर्किने श्रीओम मञ्जुलका यस्तै प्रेरणाले नियात्राकार बने ।

“अहिले उहाँजस्तो पात्र छैन नेपाली साहित्यमा जसले अनुजहरूलाई साँच्चै प्रेरणा देओस् । चालीस र पचासको दशकका धेरैभन्दा धेरै स्रष्टालाई प्रोत्साहित गर्नुभयो उहाँले” सुस्मिता र मेरो अनुहार हेरेर बोलिरहेका श्रीओमको निरसिलो आवाजले मञ्जुलको छातीमा केही त तरङ्ग आउनु पर्ने हो ! तर खोई...?

कविता सुनाउने र सुत्रे मुडमा श्रीओम र मञ्जुलको अघिल्तिर राखिएको दुई कप चियामा एक कप रित्तिएछ । दुवैले आफूले खाएको दाबी गरी बाँकी रहेको कप कसको भन्दै जिल्लिँदै हेरेछन् । मरीमरी हाँस्दै सुस्मिताले यो कुरा धेरै पहिला सुनाएकी थिएन् मलाई । यो पनि सम्झिरहेँ मैले तर हाँसो उठेन, मन मात्रै भारी भयो । मञ्जुलको अनुजप्रेम ! अबका पुस्ताले मञ्जुलजस्ता कुन पात्र भेट्लान् ? सोच्दै चिया र पाउरोटीका टुव्रmाहरू निलिरहेँ । 

“के सोधिदेओस् अनि के नसोधोस् जस्तो लाग्छ ?“
अहिले भइरहेको कुरा सोधिदेओस्, भत्र मन नलागेको कुरा नसोधोस् । अन्तर्वार्ता लिँदा कुरा बुझ्नेले लेओस्, यो जीवनसँग गाँसियोस् ।”  

मान्छे के भयो भने बढी खुसी हुने रहेछ ?
“चाहेको कुरा पूरा भयो भने तर त्यो पूरा भएको प्रव्रिmयामा पनि भर पर्छ । दुःख लाग्ने किसिमले भएको छ भने त दुःखै लाग्छ नि ।”
जेको लागि गीत गाउनु भयो त्यो पूरा भयो ?
“भएन भन्दा पनि हुन्छ । साथीहरू फुटे, राम्रा चिज अलपत्र परे । कुनै चिजको दुरुपयोग पनि भयो ।”
त्यत्रो वर्षको त्याग व्यर्थ भयो त, त्यसैले त मञ्जुललाई मञ्जुल बनायो !?
त्यतिले मात्र होइन । (एकछिन रोकिएर) तर पछाडि फर्केर हेर्छु, रमाइलो लाग्छ ।
बाहिर कार्यव्रmममा नजाने ?
“बोलाउन त आउँछन् नि ! बिरामी छ भत्रे थाहा पाएकाहरू आउँदैनन् ।”
मन लाग्दैन ?
“नसकेको हो कि !?”
गीत सुत्रुहुन्छ ?
“सुन्छु तर थोरै ।”
मेरो क्षमता त हजुरले चिनाइदिनु भएको हो नि ? श्रीओमको प्रश्नमा मेरो प्रश्न पनि जोडिएको थियो । आज कस्तो लाग्छ हामीलाई देख्दा ?
“हरेक आमालाई आप्mना सफल बच्चा देख्दा जस्तो लाग्छ त्यस्तै लाग्छ ।”
“मेरा सबै रचना उहाँलाई देखाएर, सुनाएर परिमार्जन गरेको छु” श्रीओमको आवाजको खुसी आँखामा चाहिँ थिएन । मञ्जुलको उदास अनुहार नियालिरहेको थियो । 
बोल्न मन लाग्दैन ?
“सुत्र मन लाग्छ, धेरै नबोलूँ जस्तो लाग्छ । मन नलाग्ने होइन, मेरो पहिलाको बोलाइ स्वाभाविक थियो, अहिले त्यस्तो आउँदैन ।”
भोजपुरतिर जाऊँ जस्तो लागेको छैन ?
“छैन, बिरामीले पनि होला । कोही त छैनन् ।”
यहाँका लागि त सबै आफन्त नि ! मञ्जुलले माया मार्यो भनेर गाली गर्लान् । हामी मुस्कुरायौँ मधुरो घाम जस्तै ।
केही असन्तुष्टि भए भत्रुस् ?
“केही असन्तुष्टि, गुनासो छैन । रचनात्मक किसिमले जान मन लाग्छ । पहिला केही आव्रmोश हुन्थ्यो तर अहिले सरसल्लाह दिऊँ लाग्छ ।”
यत्रो वर्ष साधना गरेको क्षेत्रमा लागेकालाई केही भत्रु छ कि ?
“काम गर्नुस्, काम नै जीवनको ज्योति हो । यसैले ऊर्जा दिन्छ ।”

हामी बिदा हुँदा डुब्न लागेका घामका केही किरणहरूले घरका भित्तालाई मधुर स्पर्श गरिरहेका थिए । घरभित्र छोराछोरीको उमङ्गपूर्ण आवाजको उत्साह झन् झन् चुलिँदै थियो ।   

(२०७० माघको मधुपर्कबाट)


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |