हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रेमयुद्ध

कृष्ण कट्टेल , (ओखलढुङ्गा कटुञ्जे)

खुल्ला आकाशको बीचमा देखिएका

दुई चम्किला नक्षत्र,

मन्दिरको गजुर नजिकै बसेका

एक जोडि परेवा,

अनि,एकान्तको चौतारीमा बसेका

तिमी र म ।

 

साँच्चै तछाडमछाड थियो

प्रेमयुद्ध हामी तीन जोडीको,

गोधुलीसँगै तारा झनै चम्किन्थ्यो,

परेवाको जोडी

झनै प्रेमिल गीत गाउथ्यो,

हामी पनि के कम !

तिम्रो पछ्यौरीमा गुटुमुटु हुन्थे

दुइ मुटु एक भएर ।

 

तिमीले अक्सिजन

मेरै मुखबाट लिदा

मेलै कार्बनडाइअक्साइड

तिम्रै मुखमा छोडिदिदा

चम्किला एकजोडी तारा

हाम्रै आँखा अघिका एक जोडी परेवा

हाम्रो प्रेमदेखि पराजित हुन्थे ।

 

जब चम्किन्छ बत्ति धेरै

निभ्न सक्छ भने झै

हाम्रो ज्वाजल्यमान प्रेम पनि

नहुन लाइ रैछ

जसरी सम्झनामात्र बाँकी छ हामीबिच आज

मनको क्षितिज वारीपारी भएर ।

 

आजभोलि साँझ परे सँगै

गिज्याउछ ताराले मलाइ हेर्दै

मन्दिर छेवैका एक जोडी परेवा

युगौदेखिको प्रेम कहानीमै लिप्त छन्

आखिर,जत्ति नै मै हुँ भनेपनि मान्छे

हार्दो रहेछ साच्चो प्रेममा ।।                   

                      

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |