हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

श्याम तमोट, (काठमाडौँ)

अनायासै हुरी चली फूल झारे पनि
बसन्तका यामहरु अझै बाँकी  नै छन् ।

निदरीलाई भंग पारी सपना चोरे पनि
मुटु भित्र ढुकढुकी अझै बाँकी  नै छन् ।
मानिसले सोचे जस्तो  कहाँ हुँदो रैछ
नसोचेको  विपत्तीले मन रुदो रैछ

आँसु खसी आँखाहरु रित्तिगए पनि
मुस्काउने ओठहरु अझै बाँकी  नै छन्
अनायासै हुरी चली फूल झारे पनि
बसन्तका यामहरु अझै बाँकी  नै छन् ।

चोटमाथि चोट परी  छिया भयो छाती
आपतमा धैर्य भन्दा को होला र साथी
भुमरीको बीच जीवन डुंगा परे पनि
किनार पुग्ने आशाहरु अझै बाँकी नै छन्

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |