हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नीलो आगो

समाश्री राउत , (हाल: इजरायल )

हो, म आगो भनिदिन्छु
सिस्नोलाई आगो भनिदिन्छु
घामलाई आगो भनिदिन्छु
हिउँलाई आगो भनिदिन्छु
बिरहलाई आगो भनिदिन्छु
क्रोधलाई आगो भनिदिन्छु
भोकलाई आगो भनिदिन्छु
निला लप्का निस्कन्छन यिनबाट
नपुग्ने ठाउँमा पुगेर पोल्छ्न यिनले
त्यसैले
पोल्ने जति यावत् तत्वलाई
म आगो भनिदिन्छु  |

मैले देखेको छु
यी निला लप्काहरुलाई
कुचिकार रङ्गमा रंगाउन सक्दैन
कवि भावमा बहाउन सक्दैन
गायक सुरमा गाउन सक्दैन
बिना फेरोको बिना सीमाको
अपराजित शासक छत्रपति
नीलो आगो
उदण्ड छ जण्ड छ
कतै कुनै भुँग्रोमा बिउ छैन
तथापि
यो सल्किन्छ सल्किरहन्छ |

छुनै पर्दैन
यो आफै छोइने भइदिन्छ
ताप्नै पर्दैन
यो आफै पोलिने भइदिन्छ
चाहनै पर्दैन
यो आफै सल्किने भइदिन्छ
आँच न तापा
जेमा पनि सल्किदिन्छ
सूत्र न शुक्ति
जसमा पनि सल्किदिन्छ
ज्वाला न ज्योति
सबैमा फैलिदिन्छ |

उसलाई जस्तै जस्तै
तिमीलाई जस्तै जस्तै
मलाई जस्तै जस्तै
हामीलाई जस्तै जस्तै
बाध्य पारिदिन्छ परदेशमा
चुपचाप आँसु बगाउन
नीलो आगो ||

Comments

समा श्री

आभार खसखस.कम |

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |