हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

श्याम तमोट, (काठमाडौं)

यौटा खबर पठाउँदैछु परदेशीको नाउँ

घर खेत आफ्नो भो है फर्की आऊ गाउँ ।

 

सातकोठे बनेको छ चिटिक्कको घर

यसलाई सिंगार्नु छ यो नै हाम्रो भर

खाँचो परे पछि पछि कोठा थप्दै जाउँ

घर खेत आफ्नो भो है फर्की आऊ गाउँ ।

 

टारीखेतमा लहलह अन्न होला टन्न

डाँडाबारी फलफुलले होला लटरम्म

नागी पाखा जडीबूटी, होला बस्तु भाउ

घर खेत आफ्नो भो है गाउँ फर्की आऊ ।

 

यौटा खबर पठाउँदैछु परदेशीको नाउँ

घर खेत आफ्नो भो है फर्की आऊ गाउँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |