हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मति बिग्रेपछि

श्याम तमोट, (काठमाडौँ)

मति बिग्रे पछि मान्छे यस्तो जान्दा रैछन्
छिमेकमा बसी घरमा ढुंगा हान्दा रैछन् ।

नमिलेका कुरा भए घरमै राख्नु जाति
आफ्नो घर भाँड्नेलाई किन शिर माथि ?
आफालेर आफ्नी आमा , पराई मान्दा रैछन्
मति बिग्रे पछि मान्छे यस्तो जान्दा रैछन् ।

बगैंचा नै पाउँदा यौटा फूल मात्र खोज्ने
हिमाल नै पाउँदा सानो मूल मात्र रोज्ने
घरको फ्याँकी भिक्षा थापी ज्यान धान्दा रैछन्
मति बिग्रे पछि मान्छे यस्तो जान्दा रैछन् ।

मति बिग्रे पछि मान्छे यस्तो जान्दा रैछन्
छिमेकमा बसी घरमा ढुंगा हान्दा रैछन् ।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |