हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

जेबी खत्री, ( )

चाहदैन आफन्तले आफन्तको भलाई यहाँ ।
आजसम्म आफन्तको साथ छैन मलाई यहाँ ।।

जसलाई मैले हात दिएँ,जसलाई साथ दिएँ
तिनै अहिले पराई भए मेरो मन जलाई यहाँ ।

रेखदेख संरक्षण भरणपोषण गर्दै ल्याएँ मैले
उनै अहिले साँढे भए मेरो जीवन ढलाई यहाँ ।

अलिकति थियो खुशी त्यो पनि बाँड्दै ल्याएँ
छालामासु सबै लुछे कङ्काल बनाए मलाई यहाँ ।

जसको खुशी चाँहे मैले उसैले मेरो खुशी लुट्यो
हृदयमा यति ठूलो बज्रपात पयो मलाई यहाँ ।।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |