हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हङकङ शहर !

चन्द्र मादेन \'आन्छन्\' , (हङकङ)

आफ्नो प्यारो मातृभूमि सुन्दर देश
नेपाल आमा छोडेर यो कृत्रिम शहर परदेश
पाहुनाको रुपमा आएरै होला
मझेरिमा घरदेशकै विम्व अमिट छाप हुँदोरहेछ |

शान्ति सुरक्षा र प्रजातन्त्रको
खोक्रो प्रचार गरेर, विश्वलाई किन्चित
गुमराहमा हाल्ने यो हङकङ
हिजो भन्दा आज, आजभन्दा भोली
पूँजीवादी मालिक चौगुना धनको डंगुरमा रमाईरहेका
आफ्नै बाल वचेरालाई बेवास्ता गरेर
मध्य रंगीन रातमा
यौन पिपासुको पर्खाईमा
चलायमान हुने अर्धनग्न  गणिकाहरु
चिट्ठा र घोडा दौडमा
जितका अभिलाषी सपना गुमाएका
शिथिल, वेचैन र निराहरको यो शहर |

आफ्नै परिवार र सन्तानदेखि अपहेलित
अशक्त शरीर लिएर कुसमयसम्म         
फोहरको थोत्रो पुन्तेरा पोकोहरु ओसारिरहने

निरीह वृद्ध रोगी आमाहरु
नित्यदिन एक डोको ज्यादा निद्रादेवी वोक्ने मजदुरहरू
भोकको ढाकरलाई अंगोराले छोप्न प्रयत्न गर्ने मजदुरहरू
नितान्त स्वार्थको खातिर अरुलाई बेवास्ता गर्दै
उत्सर्गको होडमा चुलिरहेको यो शहर |

यो कङ्क्रिटको शहरमा
अरनिकोले चित्र कोरेझैं सुन्दर
अनकन्टार आकाशिएका गगनचुम्वी महलहरु
कान्लैकान्ला खेतका
गराझैं

यातायातका रहरलाग्दा बाटोहरु
ईन्द्रलोकझैं अजङ्गका मनमोहक पुलहरू
मलाई मिथ्या र वमन लाग्छ
म ठोकुवा गरेर भन्छु
मेरो गाऊँको गोरेटो, गल्ली, सियाँल,
कुलेसो र चिप्लेटी ढुङ्गा भन्दा

प्यारो कदापी छैन |

यो शहरमा लाली पाउडर धसिएका
कृत्रिम बडेमान विरुवा र रुखहरु
क्षणिक समयकोलागि ईसाई पर्वमा
धुपिको किशोर रुखहरुलाई फजुल खर्च गरि
सिंगाँरिएको बहुरङ्गी झिल्के बत्तिहरू
उपलब्धविहिन महत्वहिन लाग्ने
आकाशमा करोडौंको बारूद उडाउने
कथित फायर वर्कको मिथ्या लाग्ने
कृत्रिम खेलहरू, मेरो गाऊँ निर्जन भएपनि
म ठोकुवा गरेर दावीका साथ भन्छु
मेरो गाऊँको सल्ला, चिराईतो,
उत्तिस, कटुस र लप्सीको बोटभन्दा

मनमोहक कदापी छैन |

यो कृत्रिम शहरको अभ्यस्त
अत्यासलाग्दो बग्रेल्तीहरु देख्दा
घृणाको तलाउवाट बंयेलीहरु सुसाउँछ
आँसुको विटोले अनुहार नुहाँउछ
मानसपटलमा अनास्थाका क्याक्टसहरुले
डेरा जमाउछ   !!! ***

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |