हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

आनन्द श्रेष्ठ, ( )

टाउकाको मोल राख्ने बेला अर्कैको

मान्छे फरक,कारण उही, खेला अर्कैको

भिडमभीड छ मान्छे यहाँ ओईरो लाग्दैछ

भाषण एउटा, नेता अर्कै, भेला अर्कैको


जानुपर्ने बाटो एउटा, अर्कै गन्तव्य

बल्ल-बल्ल गुडाएको ठेला अर्कैको


गुरू बनी गुरू मन्त्र बाँड्या बेकार भो

आफ्नै ठानेँ, तर पर्यो चेला अर्कैको


डमरू र बाजागाजा सबै मेरो नै

कमाएको नाफा अनि मेला अर्कैको


आजसम्म रूवाएको कै'ले तिर्छौ खै !

अवश्य नै पर्छौ एकदिन फेला अर्कैको ।

Comments

आनन्द श्रेष्ठ

यो गजल प्रकाशित गरिदिनु भएकोमा खसखस डट कम परिवारलाई हार्दिक धन्यबाद छ ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |