हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

\\\'नेपाली डायस्पोराका कविता\\\'-छोटो चिनारी

बासु श्रेष्ठ -खसखस डट कम, (अमेरिका)

नेपाल प्रज्ञा प्रतिष्ठान तथा गैरआवासीय नेपाली सङ्घको सँयुक्त प्रयासमा \'नेपाली डायस्पोराका कविता\' सङ्ग्रह २०७२ असोजमा प्रकाशित भएको हो | विभिन्न मुलुकबाट गरि ९९ कविहरुको कविता यसमा संग्रहित छन् | साथै ति कविताहरुको अंग्रेजीमापनि अनुवाद गरिएको छ | अर्थात यस सङ्ग्रहमा १९८ वटा कविताहरु छन् | कूल ४७९ पेजको यो सङ्ग्रहको संयोजक गैरआवासीय नेपाली सङ्घको निवर्तमान अध्यक्ष जीवा लामिछाने रहेका छन् भने कार्यकारी सम्पादक प्राज्ञ नरनाथ लुइंटेल रहेका छन् | त्यसैगरि सम्पादक मण्डलमा अमर गिरी, भीम उदास, मातृका पोखरेल तथा श्रवण मुकारुंग रहेका छन् |

यस सङ्ग्रहमा अमेरिकाबाट ३२, अष्ट्रेलियाबाट ६, इजराएलबाट ४, कतारबाट ६, क्यानाडाबाट ११, जर्मनीबाट २, जापानबाट २, ताइवानबाट १, द कोरियाबाट २, नाइजेरियाबाट १, नेदरल्यान्डबाट १, पोर्चुगलबाट १, बेलायतबाट ९, बेल्जियमबाट २, मलेशियाबाट १, म्यान्मारबाट ३, यूएईबाट २, रसियाबाट १, सेसेल्सबाट १ र हंगकंगबाट ९ कविताहरु संग्रहित रहेका छन् |

यस सङ्ग्रहमा अमरराज जोशीले १० कविता, केशव सिग्देलले १२ कविता, जयन्त शर्माले ११ कविता, बलराम अधिकारीले ९ कविता, महेश पौडेलले १५ कविता, रुपेन्द्र पोखरेलले १० कविता, वामदेव शर्माले २१ कविता तथा सुरेश हाचेकालीले १० कविता अंग्रेजीमा अनुवाद गरेका छन् | हरि घिमिरेको कविता शरद निरोलाबाट अनुवाद गरिएको भएपनि अमरराजजोशीको अनुवादकको रुपमा उल्लेख गरिएको छ भने मोहन सिटौलाको कविता स्वयंले अनुवाद गरेका छन् |

नेपाली भाषा सम्पादनमा हेमनाथ पौडेल तथा अंग्रेजीमा बलराम अधिकारी रहेका छन् | संग्रहको मूल्य रु. ३९०.०० तथा अमेरिकी डलर ५.०० तोकिएको छ |

सङ्ग्रहको नामाकरण डायस्पोरा भनिएपनि रचनाहरु भने डायस्पोरिक होइनन् | त्यसैगरि नछुट्नु पर्ने थुप्रै डायस्पोराका कविहरु छुटेको प्रष्ट हुन्छ | यसका कारण भने विभिन्न हुन सक्छन् | तर प्रकाशकको छुटाउने ध्येय रहेको थियो पनि भन्न सकिन्न |

मैले चिनेका व्यक्तिहरु मध्ये ४ जना हरि घिमिरे, रजनी श्रेष्ठ, शिव प्रकाश तथा प्रकाश नेपालको फोटो भने अर्कै व्यक्तिको राखिएको छ | बेलायतको एक कविलाई अमेरिका उल्लेख गरिएको छ | आश्रय रवि राई-हंगकंग, इन्नोसेन्ट रञ्जन बस्नेत-कतार,कल्पना राई खुशीद. कोरिया, जानकी गुरुङ-बेल्जियम, मुक्ति गौतम-क्यानाडा, राजेन्द्र श्रेष्ठ- अमेरिका, रुप रसाइली विश्वकर्मा, रोहिणी शुक्र-क्यानाडा, विनोद खड्का-कतारका फोटोहरु प्रकाशित भएको छैन | फोटो प्रकाशित नहुनु भूल नै हो भन्न सकिन्न | हुनसक्छ रचनाकारले नै फोटो उपलब्ध गराउन असमर्थ भएको हो कि? यि कुराहरु सबै रचनाकारहरुले कृति देखेपछिमात्र थाहा हुने कुरा हुन् |

त्यसैगरि अरु थप पनि भूल भएको हुन सक्छ | २७ सेप्टेम्बरसम्म अनुवादको कार्य भइ रहेको थाहा पाएको मैले अक्टोबर १० मा यो पुस्तक विमोचन भएको समाचार सुनेपछि त्यतिबेला नै मैले केहि गल्ती अवश्य भएको हुनुपर्छ भन्ने अनुमान गरेको थिएँ | भूल सामान्य जस्तो लागेपनि प्रज्ञा प्रतिष्ठान तथा सङ्घजस्तो ठुलो सँस्थाबाट यस्तो गल्ती हुनुहुन्नथ्यो भन्ने मान्यता राख्न सकिन्छ |

तर, विश्वभर नेपाली साहित्यिक व्यक्तिहरुको पहुँच भै रहेको अवस्थामा नेपाली साहित्यको इतिहासमा यो एक सत्कार्य नै हो र यो प्रशंसनीय कार्य हो भन्न धक मान्नु हुँदैन |

सङ्ग्रह कसरी हात पार्ने:


९९ कविहरुलाई व्यक्तिपिच्छे प्रकाशकले यो कृति उपलव्ध गराउला भन्ने सोच्न सकिन्न | काठमाडौँ गएको बेलामा आफैंले या कसैको मार्फत आफ्नो प्रति लिनु बेग्लै सन्दर्भ भएपनि यसो गर्न गराउन सबैले नसक्लान् | त्यसकारण, थुप्रै रचनाकारहरुले यो कृतिको अनुहार हेर्न समेत नपाउने अवस्था हुन सक्छ | तर, त्यस्तो अवस्था आउन नदिन, रचनाकारले आफ्नो प्रकाशित रचनाको अनुहार इन्टरनेटबाटै भएपनि हेर्न सकियोस् भन्ने पुनित उदेश्यले खसखस डट कमले यसको व्यवस्था गरेको छ | सँयोजक जीवा लामिछाने तथा प्रज्ञा प्रतिष्ठानका कूलपतिसँग सम्पर्क गरेर सो कृतिको पीडीएफ हामीले खसखस डट कममा उपलब्ध गराएका छौं | तलको आवरण फोटोमा क्लिक गरेर विस्तृत हेर्नुहोला | आशा र विश्वास छ यस कृतिको बारेमा थुप्रै रचनाकारहरुका उत्सुकता तथा कौतुहलता मेटिने छ | साथै, भएका भूलहरुकोपनि उजागर हुनेछ र प्रकाशकले अर्को संस्करणमा भूल सुधार गर्ने मौका पाउने छ


नेपाली डायस्पोराका कविता



त्यसकारण, तपाईंले केहि भूलहरु देख्नु भयो भने निर्धक्क र यथाशक्य पूर्ण विवरणकासाथ khasskhass@gmail.com या basushrestha@gmail.com मा ईमेल गर्नुहोला | हामी जस्ताको त्यस्तै प्रकाशकद्वय सामु पुर्याउने छौं |

सङ्ग्रहको सूची विवरण निम्न प्रकारको छ:

कविता-कवि

देश

अनुवादक

पीपल र कलमी कविता -रूप रसाइली विश्वकर्मा 

???

जयन्त शर्मा

कोसेली -सुदीपभद्र खनाल 

अमेरिका

अमरराज जोशी

उनले कसरी बुझिन् -सुलेखा भण्डारी 

अमेरिका

अमरराज जोशी

अँध्यारो साम्राज्यको शिखरबाट -हेमन्त श्रेष्ठ 

अमेरिका

अमरराज जोशी

के छ यहाँ ! -होमनाथ सुवेदी

अमेरिका

अमरराज जोशी

डायस्पोरा -हरि घिमिरे 

अमेरिका

अमरराज जोशी-शरद निरोला

वनवास-- निलम कार्की निहारिका 

अमेरिका

केशव सिग्देल

खुल भनेँ खुल्यौ तिमी -पदम विश्वकर्मा 

अमेरिका

केशव सिग्देल

परिवर्तन -पुरुषोत्तम ढकाल 

अमेरिका

केशव सिग्देल

पासपोर्ट -प्रेम संग्रौला 

अमेरिका

केशव सिग्देल

आफ्नै देश फर्की जाँदा... -राजेन्द्र श्रेष्ठ 

अमेरिका

जयन्त शर्मा

शिरफुल जस्तो जुन र आमाको याद -मनु लोहोरुङ राई 

अमेरिका

बलराम अधिकारी

याद -मणि बाङ्देल सागर 

अमेरिका

बलराम अधिकारी

ऐना रजनी श्रेष्ठ 

अमेरिका

बलराम अधिकारी

अस्तित्व -गीता खत्री 

अमेरिका

महेश पौडेल

मृत्यु अनुनय -गोपाल शिखररेग्मी 

अमेरिका

महेश पौडेल

ए ! पोटोम्याक ! -मोहन सिटौला 

अमेरिका

मोहन सिटौला

देश -वसन्त श्रेष्ठ 

अमेरिका

रुपेन्द्र पोख्रेल

बिचरा काठमाडौँ -वासु श्रेष्ठ 

अमेरिका

रुपेन्द्र पोख्रेल

अनुरोध -विनोद न्यौपाने 

अमेरिका

रुपेन्द्र पोख्रेल

ईश्वर र मान्छे -शिव प्रकाश 

अमेरिका

रुपेन्द्र पोख्रेल

रगत उत्तर आधुनिक -डा. जयन्त कृष्ण शर्मा 

अमेरिका

वामदेव शर्मा

नोस्टालजियामा भाइटीका -दीपा राई पुन 

अमेरिका

वामदेव शर्मा

सगरमाथा नम्रता गुरागाईं 

अमेरिका

वामदेव शर्मा

माछापुच्छ«्रे नारायण अधिकारी 

अमेरिका

वामदेव शर्मा

धमिलो सम्झना -अशोक चाम्लिङ राई

अमेरिका

सुरेश हाचेकाली

म शान्त नेपालको खोजीमा छु -कमला प्रसाईं 

अमेरिका

सुरेश हाचेकाली

अनामिका -कल्पना सुवेदी 

अमेरिका

सुरेश हाचेकाली

प्यारो माटो -ममता कर्माचार्य 

अमेरिका

बलराम अधिकारी

दुई छोटा कविता -गीता पन्थ

अमेरिका

महेश पौडेल

जीवन गीत -गोवर्धन पूजा 

अमेरिका

महेश पौडेल

फिर्ती टिकट -गोविन्द गिरी प्रेरणा 

अमेरिका

महेश पौडेल

तिमी अहिलेतिमी अहिले -प्रकाश नेपाल 

अमेरिका???

केशव सिग्देल

देश अपहरणमा परेपछि -विश्वास दीप तिगेला 

अमेरिका???

रुपेन्द्र पोख्रेल

डोब ! -सीमा रोसी 

अष्ट्रेलिया

अमरराज जोशी

बाको इमेल निष्प्रभ सजी 

अष्ट्रेलिया

केशव सिग्देल

उमेर न छ ! -भीमसेन सापकोटा 

अष्ट्रेलिया

केशव सिग्देल

नयाँ युगको खोजी -गणेश घिमिरे 

अष्ट्रेलिया

महेश पौडेल

जिन्दगी -तिलक भट्टराईअन्जान

अष्ट्रेलिया

वामदेव शर्मा

बनकर बङ्करमा सुते नवराज कार्की 

अष्ट्रेलिया

वामदेव शर्मा

आमाको पुकार -समा श्री 

इजराएल

अमरराज जोशी

मैले छोडेको घर देश मुना सिग्देल 

इजराएल

बलराम अधिकारी

उमेर बेचेर सपना उमार्दै -भगवती बस्नेत 

इजरायल

केशव सिग्देल

खुसीको दरबार -कृष्णपक्ष 

इजरायल

महेश पौडेल

हो यसरी नै जीवन बिताइन्छ परदेशमा निराजन प्रभात’ 

कतार

केशव सिग्देल

स्वीकार -राजन राई 

कतार

जयन्त शर्मा

बाकस -राम कुवँर 

कतार

जयन्त शर्मा

परदेशी भाइ -विनोद खड्का 

कतार

रुपेन्द्र पोख्रेल

दाजु सहिद, भाउजू परदेशी -तीर्थ सङ्गम राई

कतार

वामदेव शर्मा

म र जागिरे दैनिकीहरू -इन्नोसेन्ट राजन बस्नेत

कतार

सुरेश हाचेकाली

बिग ब्याङ्ग राजीव नेपालअट्वा’ 

क्यानाडा

जयन्त शर्मा

म बदल्न चाहन्छु मायाका मानकहरु -रोहिणी शुक्र 

क्यानाडा

जयन्त शर्मा

आमा मुक्ति गौतम 

क्यानाडा

बलराम अधिकारी

अहङ्कार भित्रको इकारस’ -रमेश थापा 

क्यानाडा

बलराम अधिकारी

परदेशमा मेरो देश -शर्मिला पोखरेल 

क्यानाडा

रुपेन्द्र पोख्रेल

मेरी आमाको निर्जीव तस्बिर -तीर्थराज बराल (सानु पुनाटारे)

क्यानाडा

वामदेव शर्मा

प्रेम विरुद्ध -अनमोल मणि

क्यानाडा

सुरेश हाचेकाली

नामका कुरा नगर भाइ -ऋषि बस्ताकोटी 

क्यानाडा

सुरेश हाचेकाली

देश दुख्ता मनभरि -राजेन्द्र प्रसाद प्रसाईं 

क्यानाडा

जयन्त शर्मा

नयाँ घले -कुसुम ज्ञवाली 

क्यानाडा

महेश पौडेल

शान्ति -गोपीकृष्ण काफ्ले 

क्यानाडा 

महेश पौडेल

सम्झिएर देश -खड्ग न्यौपाने 

जर्मनी

महेश पौडेल

निरन्तर युद्ध -दीपा लिम्बु राई 

जर्मनी

वामदेव शर्मा

मेरो बाध्यता -कुशल धिताल 

जापान

महेश पौडेल

बम पड्केको मन्दिर -जयन्त सोकल 

जापान

वामदेव शर्मा

मेरो परिचय -कपिल अधिकारी 

ताइवान

सुरेश हाचेकाली

मैले भोगेको कोरिया -प्रगति राई 

द कोरिया

केशव सिग्देल

काम, कोरियाको गर्मी र... -कल्पना राई खुसी’ 

द कोरिया

सुरेश हाचेकाली

चिबोकका केटीहरु -हिक्मत थापा 

नाइजेरिया

अमरराज जोशी

स्वदेशको सम्झना -हरि पौडेल 

नेदरल्यान्ड

अमरराज जोशी

जीवन जिउने बलिवेदीमा हेलिएको मान्छे -अज्ञान थार्च (विपिन खड्का)

पोर्चुगल

सुरेश हाचेकाली

यदि म फर्किएँ भने -रक्ष राई 

बेलायत

जयन्त शर्मा

देश दुखेको बेला -रामहरि पौड्याल 

बेलायत

जयन्त शर्मा

युद्धमा जानुअघि मिजास तेम्बे 

बेलायत

बलराम अधिकारी

यो घर पक्कै ढल्छ होला -काङमाङ नरेश राई 

बेलायत

महेश पौडेल

हामी भारी बोकि रहेछौँ -जगत नवोदित 

बेलायत

महेश पौडेल

दम्भको किल्लामा उभिएर -वासु शर्मा 

बेलायत

रुपेन्द्र पोख्रेल

त्रासमा जिन्दगी -जानु काम्बाङ लिङ्देन 

बेलायत

वामदेव शर्मा

म त भूत भएछु दुश्यन्त भट्टराई 

बेलायत

वामदेव शर्मा

ढल्ने छैन मेरो संस्कृति र पहिचान -दयाकृष्ण राई 

बेलायत

वामदेव शर्मा

चिनाऔँ नेपाललाई संसारमा -जानकी गुरुङ 

बेल्जियम

वामदेव शर्मा

चोट -ज्योति के. श्रेष्ठ

बेल्जियम

वामदेव शर्मा

ओ ! साथी -दिलदुखी जन्तरे 

मलेशिया

वामदेव शर्मा

मूल्य पदम गुरागाईं 

म्यानमार

केशव सिग्देल

बौलाउनु पनि बेस हुन्छ -वन्दना गौतम 

म्यानमार

रुपेन्द्र पोख्रेल

आँट -लक्ष्मण न्यौपाने रामानुज 

म्यान्मार

जयन्त शर्मा

यी उपमाहरु अस्वीकार्य छन् मलाई -समर चेमजोङ आभास’ 

युएई

रुपेन्द्र पोख्रेल

गणतन्त्र र हामी -दलवीर सिंह बराइली घायल’ 

युएई

वामदेव शर्मा

अनुहार हराएको वर्तमान, तिमी र म -डा. मधु माधुर्य 

रसिया

बलराम अधिकारी

देउरालीको ढुङ्गोदेश र मुगलान -गणेश खड्का 

सेसेल्स

महेश पौडेल

रुख -हाङ्युग अज्ञात 

हंगकंग

अमरराज जोशी

खै कहाँ छ मेरो अस्तित्व ? -पूर्णिमा शाह 

हंगकंग

केशव सिग्देल

आइडीको पासो -वज्र कुमार थुलुङ राई 

हंगकंग

जयन्त शर्मा

हङकङ सहर ! -चन्द्र मादेनआन्छन्’ 

हंगकंग

महेश पौडेल

हङकङ सहर -दीपा एवाई राई 

हंगकंग

वामदेव शर्मा

पशुको ईश्वर देश सुब्बा 

हंगकंग

वामदेव शर्मा

आमाको आग्रह -आश्रय रवि राई

हंगकंग

सुरेश हाचेकाली

मृत्युपत्रको तमसुक -टंक वनेम 

हंगकंग

वामदेव शर्मा

शासक र सिमाना नरेश सुनुवार 

हंगकंग

वामदेव शर्मा

 

 

Comments

धन्यवाद बासु जी । खसखसले सह्रानीय काम गरेको छ । मेरो कविता \"मृत्यु अनुनय\" त छापिएको रहेछ तर नाममा \"शिखर\" थपेर फोटो पनि अलि युवा देखिने अरु कसैको राखेर प्रज्ञा प्रतिष्ठानले लगाउनु गुन लगाएको छ । प्रज्ञा प्रतिष्ठान जस्तो धरोहर सँस्थाको प्रकाशनमा नाम र फोटो अरुको हालिदियौ भन्न भएन । वहाँहरुलाई भन्दा देख्ने हामीलाई नै लाज लाग्ने । के गर्नु ।

Hari Paudel

खसखस परिवार नमस्कार,

मैले लेखेको कविता \"स्वदेशको सम्झना\" मा पनि फोटो कुनै अरु ब्यक्तिको राखेको छ. प्रज्ञा प्रतिष्ठानमा आफै गएर त्यहाँका कर्मचारीहरु तथा उपकुलपतिसंग भेटगरि गल्ती भएको अवगत गराएँ र सुधार गर्न आग्रह गरें. वहाँहरुले अर्को संस्करणमा सुधार गर्ने आश्वाशन दिनु भएको थियो. सुधार भयो भएन थाहा छैन खामामा फोटो हालेर पठाउँदा अलमलिएर गल्ती हुँनसक्छ तर डिजिटल रुपमा फोटो पठाउँदा पनि प्रज्ञा प्रतिष्ठानबाट यसो गल्ती हुनु अचम्म लागेको छ.

हरि पौडेल 
नेदरल्याण्ड  

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |