हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विश्व विद्यालयको झार

जेबी खत्री, ( )

बर्षेनी छेडेर भुइँ
उम्रिन्छ हरियो झार
आकास छुने उत्साहसाथ
विश्व विद्यालयको आँगनभरि
र बढ्छ वर्षातको झरिसँगै
अग्लो भएर,फुल्छ घमण्डले
फल्छ गौरवले ।

तर
हिउँद लागेपछि
आफैंमा पहेंलिदै जान्छ
बिस्तारै मर्दै जान्छ
पानी पर्न छोडेपछि
चैत वैशाखको खडेरीमा
धुलो उड्ने हुन्छ ।

बर्षा लागेपछि
फेरि उम्रिन्छ
हरियो भएर
वर्षातको झरिसँगै
बढ्छ अग्लो भएर
बिश्व विद्यालयको
परिसरभरि
वर्षेनी विश्व विद्यालयको
आँगन ढाकेर
बेरोजगार युवाहरू झैं
निरन्तर, निरन्तर ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |