मगन्ते बालक
उज्ज्वल जी.सी., ( )
दश औंला जोड्दै –
– “ हजुर पॉंच रुपैयॉं ! ”
– “ छैन ।”
– “हजुर एक रुपैयॉं ! ”
– “ छैन भनेको ।”
कपाल कन्याउ‘ंदै –
– “ भोक लागेको छ । ”
– “ पैसा माग्न सक्नेले काम गर्न सक्दैनस् लुच्चा ! ”
– “ हामीले के काम गर्ने मालिक ? ”
– “ भॉंडा माझ्न जान्दैनस् ?”
– “ जान्छु हजुर ! म हजुरकै घरमा भॉंडा माझ्न जान्छु । ”
– “ पर्दैन उल्लु ! ”
– “ हैन हजुर, म भॉंडा माझ्न सक्छु । ”
– “ तँ जस्तो चोरलाई घरमा काम गर्न लाने के म मुर्ख हू‘ं ? ”
– “ म चोर हैन हजुर ! ”
– “ चोर नभए के तँ सज्जन होस् त ? ”
प्रश्नले अल्मलिंदै वाल्ल पर्यो मगन्ते बालक ।
– “ हजुर आजसम्म मैले चोरेको छैन । ”
– “ यो कुरा झूठ हो । ”
– “ आमाको रगत खानु – मैले केही चोरको छैन आजसम्म । ”
– “ त्यसो भए होटलमा भॉंडा माझ्न जा ! ”
– “ म सक्दिन हजुर ! ”
– “ किन सक्दैनस् ? ”
– “ माग्न पाएर । ”
– “ किन मागेको त ? ”
– “ खान नपाएर । ”
बालकको उत्तर सुनेर बटुवा पनि एकछिन रनभुल्लमा पर्यो । थप प्रश्न आफ्नो मस्तिष्कभित्र भेटेन उसले । अनि एक रुपैयॉंको स्यावासी दिँदै आफ्नो बाटो लाग्यो ।