हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ह्याप्पी भ्यालेन्टाइन्स डे

विक्रम गौतम, (नर्थ क्यारोलाइना )

जानीजानी नजानी, भनौं  आउ ह्याप्पी भ्यालेन्टाइन्स् डे।
राजा तिमी रानी, ह्याप्पी भ्यालेन्टाइन्स् डे।। 

रिसाए तिमी फकाऊ, तिमी रिसाउँदा मैले।
आगो तिमी पानी, ह्याप्पी भ्यालेन्टाइन्स् डे।।

अँगालोमा बेरिएर, चुम्न देऊ तिम्रा अधर।
भिक्षु तिमी दानी, ह्याप्पी भ्यालेन्टाइन्स् डे।।

गल्ती भए माफ गर, मेरा यी लोभी नजर।
मूर्ख तिमी ज्ञानी, ह्याप्पी भ्यालेन्टाइन्स् डे।।

किन गर्छौ आनाकानी? परेको छु तिम्रै भर।
शिर तिमी सिरानी, ह्याप्पी भ्यालेन्टाइन्स् डे।।

दिल देह दुवै दिएँ, माया मिसाउ मन मिलाउ।
आनी तिमी बानी, ह्याप्पी भ्यालेन्टाइन्स् डे।।

सुखद् साथ समर्पणको, बिताउनु सधैँसधैँ।
साँझ तिमी बिहानी, ह्याप्पी भ्यालेन्टाइन्स् डे।।

कोरौं आज पाना भरि, प्रणयका प्रत्येक पल।
कथा तिमी कहानी, ह्याप्पी भ्यालेन्टाइन्स् डे।।

(लेखक नर्थ क्यारोलाइना नेपाली साहित्य समाजसँग आबद्ध हुनुहुन्छ)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |