दशैँ
सुशील शाह, (काठमाडौं )
ए दशैं !
आउँछस् भने
झोलामा
एक जोर
नयाँ लत्ता
र
खल्तिमा एक मानो चामल लिएर आइज
भोकभोकै
छ उ पोहोरसाल देखि
नागंनागै
छ उ पोहोरसाल देखि
जो केही मीठो
खान पाउँछु कि भनी
जो केही नौलो
लाउन पाउँछु कि भनी
केही दिन
देखि नसुतेर लगातार
रातभर
दिनभर
तेरै
बाटो हेरी रहेछ |
तर
उस्लाई डर
छ कतै तँ
पोहार
साल जस्तै
यो साल
पनि
सिर्फ
रिन दिन त आउने होइनस्?
बिन्ति छ दशैं
बरू आउँदै
नआइज
जाबो एक
मुठी अक्षेता
र दुई
पात जमरा किन्नसक्ने औकात नभएको
उस्ले
कसरी तेरो
ऋणको महंगो ब्याज तिर्न सक्छ?
ए दशैं ! आउँछस् भने
कतै खाडिको
तातो
हावामा निसास्सिरहेको
कुनै
मान्छेलाई लिएर आइज
जिउँदै
जो कसैको
लोग्ने हुन सक्छ
जो कसैको
छोरो हुन सक्छ
जो कसैको
कोही नभए पनि
एउटा
नेपाली हुन सक्छ
जो गएको हो
आफ्नो भाग्य खोज्न
त्यहाँ
केहीबर्ष
अघि,
बिन्ति छ
दसैं
बोकेर तर
उस्को चिसो लास काँधमा
रूँदैरूँदै
उसको
मलामी भएर कहिलै नआइज |
ए दशै ! आउँछस् भने
बुढा
हजुरबाको
आशिर्वाद
लिएर आइज
बर्षौं
पहिले छुट्टिएका
ती
साथीभाइको
अचानक
मुलाकात लिएर आइज
बिन्ति छ,
तर
भर्खर
जन्मिएको दुधे पाठाको
काल लिएर
तँ कहिलै नआइज ।