हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सभ्यता

हरी घिमिरे, (भर्जिनिया)

म चढेको बस अगाडि बढ्दै गयो। बसभित्र थुप्रै मानिसहरु थिए। सबै आ-आफ्ना गफमा मस्त देखिन्थे। झुत्रा-झाम्रा कपडा लगाएका गाउँले मान्छेहरु कोही सूर्ति खाँदै थिए भने कोही बिडी तान्दै थिए। वातावरण एकदमै उकुसमुकुस थियो। म शिक्षक भएका नाताले कपडाका दृष्टिले अलिक सुकिलो-मुकिलो देखिन्थें।

केही समयपछि बसको एउटा कुनाबाट एउटा मान्छे रुँदै कराउँदै उफ्रन थाल्यो। सबैको ध्यान त्यतातिर गयो। त्यसबेलासम्म बस निकै टाढा पुगिसकेको थियो। पहिले त म केही पनि बोलिन। तर गाउँलेहरुले जति सम्झाए पनि त्यो मान्छेले रुन -कराउन न छोडेपछि मैले सोधें- "के भयो?"

" पैसा हरायो रे" एकजना गाउँलेले मलाई जानकारी दिएजस्तो गरेर भन्यो।
"अनि पैसा हराउँदैमा यसरि रुनु पर्छ त?" मैले उसलाई सम्झाउँन खोजें। तर ऊ झन मच्चिएर रुन थाल्यो।

उसले भन्यो "अब म घर कसरी फर्किने?,मसँग टिकट काट्ने पैसा पनि छैन"

"टिकटको पैसा कति लाग्छ?" मैले सहानुभूति देखाउँदै सोधें।

"पचहत्तर रुपियाँ" उसले रुँदै भन्यो।

"ल भैगो, म दिन्छु पचहत्तर रुपियाँ, तपाईं नरुनुहोस्।"  मैले उसलाई पैसा झिकेर दिदै भनें।

उसले पैसा समायो र रुन पनि बन्द गर्यो। वरिपरि सबै यात्री अबाक् भएर हेरिरहेका थिए।

केही समयपछि बस रोकियो। मेरो ओर्लिने बेला भएको थियो। म बसबाट झर्दै थिएँ एक्कासी मेरो कानमा बसभित्रका मान्छेको आवाज ोक्कियो-"देख्यौ, उसले पैसा नचोरेको भए त्यसै दिन्थ्यो?"।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |