विडम्बना
सुषमा मानन्धर, (ललितपुर)
जीवन दाइ खानाका साह्रै शौकिन । थोरै भए पनि मी ै खानुपर्ने । नूनतेल मसलाको स्वाद जिब्रोमा टवाक्क नलागेसम्म उनलाई खाएको झैँ लाग्दैन । अरुले पकाएका खानामा सयौँ मीनमेख निकाल्ने उनी साधारण खाना खाँदा जिब्रै लाटो भयो भन्छन् ।
हुन पनि खानेकुराका आइटम थाहा नभएको र बनाउन नजानेका विरलै होलान् । उनलाई नेपाली खाना लगायत इण्डियन, चाइनिज, मेक्सिकन, इटालियन र टिपिकल नेवारी खानापनि पकाउन आउँछ । उनको घरमा कुनै अवसर बनिनु पर्छ परिकारका त बाढी नै हुन्छ । पाहुनाहरुको जिब्रोलाई मात्र रमिता पेटलाई त सास्ती नै हुँदो हो । टोल छिमेकतिर कतै पार्टीभोजहरुमा जीवन दाइ आउने भएमा आयोजकका लागि एउटा ूलै परिक्षण हुन्छ ।
छिमेकीको घरमा उनको नातिको अन्नप्राशनको पार्टी थियो । पाहुनाहरुलाई रेखदेख गर्ने जिम्मा छिमेकी भएको नाताले उनले मलाई दिएका थिए । आमन्त्रित जीवन दाइ केही नखाई खानेकुराहरुका वीचमा अन्यौलमा उभिरहेका थिए । शायद चित्त नबुझेर हो कि भन्ने ानी मैले अनुरोध गरेँ "गिलास खाली रै'छ जीवन दाइ ड्रिंक लिनु नभाको?"
"लिभरको विरामी मकहाँ लिने?"
"यो डीप फ्राइड केराउ नि एकदम स्पाइसी पनि छ, शायद तपाईँलाई मन पर्ला ।"
"अहँ, युरिक एसिडमा खानुहुन्छ र?"
"खसीको कबाब एक टुक्रापनि लिनुहुन्न ?"
"खान त मन लाग्छ के गर्नु ब्लडप्रेशर छ ।"
"केही नखाई कहाँ हुन्छ जीवन दाइ, प्लेटमा मि ाई अलिकति ल्याईदिऊँ?"
"सुगर हुन थालेको चार वर्ष भैसक्यो । मि ाईको 'म' पनि नल्याउनुस् । केही खानै हुन्न । के खानु म त एकैछिन मुख देखाउन मात्र आएको हुँ ।"
त्यति धेरै कर गर्दा पनि जीवन दाइले केही खान मान्नु भएन । खानेकुराका औधि शौकिन उनी परिकारका प्रदर्शनी माझ अरुले रमाइलो मानेर स्वाद लिँदै खाँदै गर्दा आफू भने खानेक्रराको बास्ना लिँदै सादा पानीसँग ओखति निल्दै थिए ।
Comments
Min Liwang
I thoroughly enjoyed listening the audio. Thanks to khasskhass and Krishna Bajgai. I am eagerly looking forward to go through Sanju Bajgai\'s stories.