हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शहीद

सुषमा मानन्घर, (ललितपुर)

त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन, द्वन्द र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि थियो । 

फोटो प्रदर्शनीको आज अन्तिम दिन । ऊ पनि अनुकुल समय मिलाएर प्रदर्शनी स्थल छिरेको थियो । प्रदर्शनीमा उर्लिएका दर्शकहरु शहीदहरुका फोटो अगाडि झुम्मिँदै विभिन्न टिकाटिप्पणी गर्दै थिए । 

टाँसिएका थुप्रै शहिदका फोटोहरुमा उसले चिन्ने कुनै पनि अनुहारहरु थिएनन् । कहाँ कति बेला कसरी शहीद भए होलान् जे भए पनि देश र जनताको लागि मृत्युवरण गर्ने ती शहीदहरुप्रति उसले मनमनै नमन गर्यो ।

हेर्दाहेर्दै एउटा फोटोमा पुगेर ऊ नराम्ररी झस्कियो । त्यो ढाका प्रसादको फोटो थियोउसको आफ्नै छिमेकी ।

द्वन्दताका एक रात उसको गाउँमा ूलै गोलाबारी भएको थियो । अँध्यारो रातमा हरेक घरमा खानतलासी हुँदै थियो । प्राय घरका पुरुषहरु आत्तिएर भागाभाग गर्दै थिए । डराएर ऊ पनि घरनिरैको मकैबारीमा लुकेको थियो । उसैको छेऊमा ढाका प्रसाद पनि डल्लो परेको थियो । "एक हूल मान्छे आका थे, म त पछिल्लो ढोकाबाट भागेर आछु ।" ढाका प्रसाद डरले बोल्नै सकिरहेको थिएन । दुवै छिमेकी भगवानको नाम जप्दै काँपिरहे । त्यहीबेलामा तल बजारमा शायद केही पड्क्यो । मुटु दुख्यो भनेर छाती समाउँदै लडेको ढाका प्रसाद फेरि उ ेन । नजिक आउँदै गरेका जुत्ताका पदचापहरु सुनेर ऊ भने त्यहाँबाट पनि भागेको थियो । 

अहिले उसको अगाडि त्यही ढाका प्रसादको फोटो थियो ऊ घरि त्यो फोटोलाई हेथ्र्यो घरि त्यसैमाथि लेखिएको हाम्रा वीर शहीदहरु भन्ने शिर्षकलाई ।

नजिकै उभिरहेको आयोजक मध्येका एकजनालाई कोट्याउँदै उसले सोध्यो "प्रजातन्त्रकोलागि मरेका चार शहीदहरु देखिएनन् नि के तिनका फोटा छैनन् ?"

आयोजकले मुन्टो हल्लाउँदै जवाफ दियो " ए…तिनीहरु ती त पुराना भैसकेत्यही भएर यसपालि नराखेको !"

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |